Logo

बीमामा गलत दाबीको चाङ

बीमामा गलत दाबीको चाङ


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

असार ९, काठमाडौं । भुकम्पपछि बीमा कम्पनीहरुमा गलत दाबीको चाङ लाग्न थालेको छ । बीमा कम्पनीहरुले दिनएको जानकारी अनुसार कुल बीमा दाबीमध्ये करीब एक तिहाइ दाबी नलाग्ने (नोक्लेम) निवेदन परेको हो ।

ग्राहकले सामान्य क्षति भएको अवस्थगामा समेत बीमा भुक्तानी पाउने आशामा निवेदन दिएको र क्षतिको अवस्था हेर्दा भुक्तानी दिनु नपर्ने देखिएको बीमा कम्पनीहरुले बताएका छन् । ‘कतिपय निवेदन चाहीँ गलत मनासयले पनि आएको देखिएको छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, ‘हामी त्यसलाई मिहिन छानबीन गरिरहेका छौं ।’

उनले भुकम्पनका कारण जताततै समस्या भएको बेला निसन्देह भुक्तानी पाउनुपर्ने माग केही ग्राहकले राखेको बताए । ‘एक जनाले त बीमा कम्पनीमा निवेदन दिएपछि राहत पाइन्छ भनेर आएको बताए,’ उनले भने, ‘त्यसले प िनदाबी संख्या र नो क्लेमको संख्या दुबै बढी देखिएको छ ।’

बीमा कम्पनीहरुका अनुसार आंशिक बीमा गरिएको र सानो क्षतिको भुक्तानी नलिने प्रतिवद्धता जनाएका बीमितले समेत बीमा दाबी गर्दा दाबीको आकार बढेको बीमा समितिका अधिकारीहरुले पनि बताएका छन् । ‘ठूलो प्राकृतिक विपत्ती र आम बिनासपछि संसारभरी नै यस्तो हुन्छ,’ बीमा समितिका एक अधिकारीले भने ।

समितिका अध्यक्ष डा फत्तबहादुर केसीले पनि दाबी परेका मध्ये धेरैलाई भुक्तानी दिन नपर्ने देखिएकाले पहिले अनुमान गरेको भन्दा कम मात्रै क्षति भएको हुनसक्ने बताए । ‘पहिले अनुमान गरेजस्तो धेरै क्षति नभएको देखियो,’ उनले भने, ‘क्षति भए पनि बीमा कम्पनीको दायित्व नलाग्ने अवस्था पनि धेरै देखिएको छ, ।’ यसले बीमा कम्पनीहरुको ब्यालेन्ससीटमा पहिले सोचेभन्दा कमै मात्र प्रभाव पर्ने अध्यक्ष्ग केसीले बताए ।

पछिल्लो अध्यावधिक तथ्याङ्क नभए पनि गत सातासम्म बीमा कम्पनीहरुले कुल १ हजार १ सय ५ दाबी भुक्तानी गदार्शसम्म ५ सय ओटा दाबी नलाग्नेृ निवेदन प्राप्त भएको पाइएको थियो । त्यतिबेलासम्म निर्जीवन बीमा कम्पनीहरुमा १४ हजार ४ सय ५८ ओटा बीमा दाबी परे पनि जम्मा १ हजार ८ सय ६२ ओटा दाबीको मात्रै सर्वेयर प्रतिवेदन प्राप्त भएको बीमा कम्पनीहरुले बताएका छन् ।

बीमा दाबी परेपछि पनि सर्वेयरको प्रतिवेदन अनुसार कम्पनीहरुले दाबी लाग्ने वा नलाग्ने निर्णय गर्छन् । कतिपय अवस्थामा चाँही कम्पनीले पहिल्यैं दाबी नलाग्ने निक्र्योल गर्न सक्छ ।

बीमा नै नगरिएका, आंशिक बीमा गरेका कारण क्षतिको दाबी भुक्तानी दिँदा ‘छुट सीमा’भित्र परेका र क्षति नभएका वा कम भएका बीमितको दाबीलाई बीमा कम्पनीले नो क्लेम सूचीमा राख्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL