Logo

भ्रमण बर्ष संयोजक सुरज बैद्यले भने, मेरो पर्यटनमा सहभागिता छैन

भ्रमण बर्ष संयोजक सुरज बैद्यले भने, मेरो पर्यटनमा सहभागिता छैन



काठमाडौं । भ्रमण बर्ष सचिवालयका संयोजक सुरज बैद्यले आफु पर्यटनमा सहभागि नभएको बताएका छन । उनले आईतबार नेपाल आर्थिक पत्रकार समाजसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।

laxmi

सचिवालयले भ्रमण बर्ष लक्षित प्रचार प्रसारको काम सन्तोषजनक नगरेको भन्दै आवाज उठिरहेको बेला उनले सो कुरा बताएका हुन । उनले कार्यक्रममा बोल्दै नेपालमा पर्यटक भित्र्याउन उपयुक्त पूर्वधार नभएकोमा जोड दिँदै सरकारले पूर्वधारमा विशेष जोड दिनु पर्ने बताएका छन ।

साथै विदेशी पर्यटक माझ २०७२ सालको भुकम्पले ढलेका पुरतात्विक सम्पदाहरु अझै निर्माण भईनसकेको भान भएकाले छिटो पुनर्निमाण सक्नका लागि सरकारसँग आग्रह समेत गरेका छन । बैद्यले कार्यक्रममा बोल्दै नेपालमा पर्यटन लगानी सम्मेलन गर्ने तयारी तिब्र रुपमा भएको भन्दै आगामी ५ बर्ष पछि नेपाल केहो भनेर चिनाउने समेत जानकारी दिएका छन ।

काठमाडौं, पोखरा र चितवनलाई मात्र पर्यटकिय क्षेत्रको रुपमा लिएको भन्दै उनले पूर्व र पश्मिमा समेत पर्यटक लैजानका लागि सरकारले आवश्यक पहल थालेको बताए । उनले भने, ‘पूर्व र पश्चिमा पर्यटक लान सकेको छैन जहाँ पर्यटक लैजान पूर्वधार निर्माणमा जोड दिएका छौ, यस्का लागि प्रदेश सरकारसँग छलफल भईरहेको छ ।’

अहिले विभिन्न क्षेत्रमा सडकसंजाल पुगेसँगै ट्रेकिङ रुटहरू ध्वस्त हुँदै गएकाले सो सम्वन्धी ध्यान दिन समेत छलफलमा सहभागिहरुले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL