Logo

भुकम्प प्रवाहित जिल्लामा शाखा खोल्न सहमति नचाइने, पिडितको प्रमाणपत्रबाटै खाता

भुकम्प प्रवाहित जिल्लामा शाखा खोल्न सहमति नचाइने, पिडितको प्रमाणपत्रबाटै खाता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भुकम्प प्रवाहित जिल्लामा संचालक समितिको निर्णय बाटै शाखा कार्यालय खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकलाई काठमाडौं उपत्यका, बनेपा, धुलिखेल र अन्य भुकम्प प्रवाभित जिल्लाको सदरमुकाम वाहेकका जिल्लामा संचालक समितिको निर्णयबाटै शाखा कार्यालय खोल्न पाउने गरी सुर्कलर जारी गरेको छ ।

सो सुर्कलरसँगै बैंक तथा वित्तीय संस्थाले भुकम्प प्रवाभित जिल्लामा शाखा कार्यालय, मोवाइल बैंकिङ र ब्राञ्चलेस वैकिङ खोल्न पाउने भएका छन् । सो कार्यका लागि नेपाल राष्ट्र बैंकबाट सहमति लिइरहनु पर्नेछैन । तर, यसरी शाखा कार्यालय खोल्दा संचालक समितिबाट निर्णय भएको ७ दिनभित्र राष्ट्र बैंकलाई अनुसूची १४.१ बमोजिमको ढाँचामा जानकारी गराउनु पर्नेछ । साथै, बैंक तथा वित्तीय संस्थाले शाखा खोल्ने निर्णय गरेको मितिले २ महिनाभित्र शाखा कार्यालय खोली कारोवार संचालन गरिसक्नु पर्ने राष्ट्र बैंकद्वारा जारी सर्कुलरमा उल्लेख छ ।

हालैको भूकम्पका कारण बैंकिङ सेवाको सहज उपलब्धतामा अवरोध हुन गएको भन्दै सहज रुपमा सेवा प्रदानगर्न सो व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । सो व्यवस्थासँगै जनताको बैंङकिङ क्षेत्रमा सहज उपलब्धता हुनुका साथै पहुँचको समेत विस्तार हुने विश्वास लिएको छ ।

यसैगरी, राष्ट्र बैंकले भुकम्प प्रभावित जिल्लाका नागरिकलाई सरकारले उपलब्ध गराएको भुकम्प पिडित प्रमाणपत्रको आधारमा खाता खोल्न निर्देशन दिएको छ । हालैको भुकम्पले धेरैको नागरिकता हराएका कारण राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL