Logo

चिनी उद्योगबाट ९० मेगावाट विजुली उत्पादन गरिँदै

चिनी उद्योगबाट ९० मेगावाट विजुली उत्पादन गरिँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० जेठ, काठमाडौं । सुख्खा याममा चिनी उद्योगबाट बिजुली निकालिने भएको छ । हाल सञ्चालनमा रहेका ११ वटा चिनी उद्योगबाट ९० मेगावाट विजुली निकाल्ने तयारी भइरहेको उद्योग उद्योगमन्त्री महेश बस्नेतले बताए । ‘हामीले चिनी उद्योगहरुबाट उखु पेलिसकेपछि निक्कने खोस्टाबाट विद्युत उत्पादन गरी व्यवसायिक रुपमा राष्ट्रिय प्रसारण लाईनमा जडानका लागि सम्भाव्यता अध्ययन गरेका छौं,’ उनले भने ।

आज बसेको मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बैठकमा उद्योगमन्त्रालयको पहल तथा उर्जामन्त्रालयको प्रस्तावमा ‘चिनी उद्योगबाट विद्युत सह–उत्पादनको प्रबद्र्धन गर्ने’ प्रस्ताव स्वीकृत भएको छ । ‘हाल सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगहरुले बार्षिक झण्डै ३० लाख टन उखु पेल्दै आएका छन् । त्यसबाट निस्कने खोस्टाबाट अत्यधिक लोडसेडिङ हुने पुस, माघ र फागुन महिनामा चिनी उद्योगबाट विजुली उत्पादन गरिने भएको छ ।

मन्त्री बस्नेतका अनुसार चिनी उत्पादनसँगै विद्युत पनि उत्पादन गरी उद्योगको आफ्नो खपतबाट बचेकाो विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्न सकिने छ । देशमा जलविद्युतको उत्पादन न्यून हुने सुख्खा याममा अतिरिक्त विद्युत उत्पादन गर्न सकिने र सोबाट दुई घण्टा लोडसेडिङ न्यूनीकरण गर्न सकिने उनले जानकारी दिए ।

साथै, छिमेकी मुलुक भारत लगायत अन्य देशमा खेर गइरहेको उखुको खोस्टाबाट विद्युतको सह–उत्पादनको सफल प्रयोग भइसकेकाले नेपालमा पनि यस्तो सह–उत्पादनलाइ प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो । हिँउदको सुख्खा मौसममा बार्षिक करिब १ अर्ब १८ करोड युनिट विद्युत उर्जा जलविद्युत गृहबाट उत्पादन भइरहेको हुँदा चिनी उद्योगको सह–उत्पादनले उक्त उत्पादनको झण्डै १८ प्रतिशत बरावरको योगदान दिने उनले जानकारी दिए । ‘हाल सञ्चालनमा रहेका चिनी उद्योगहरुका साविककै संरचनाबाट पनि झण्डै १० देखि १२ मेगावाट विद्युत तत्काल राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिने छ,’ उनले भने, ‘जसबाट बर्षको करिब २ करोड युनिट विद्युत उपलब्ध हुन सक्छ ।’ जुन नेपाल विद्युत प्राधिरणले आफ्ना डिजेल प्लान्टहरुबाट उत्पादन गर्दै आएको सम्पूर्ण विद्युतको दोब्बर हुन आउछ ।

चिनी उद्योगबाट उत्पादित विजुलीलाई राष्ट्रिय प्रणालीमा ल्याउन खासै ठूलो लगानीको आवश्यक नपर्ने र आगामी ६ महिना भित्रर काम सम्पन्न गर्न सकिने मन्त्री बस्नेतले बताए । । यस बाहेक, केही थप लगानी र मेशिन, उपकरणमा समान्य संरचनागत सुधार गरेर २ बर्षभित्र थाप ३० देखि ४० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने छ

प्रतिक्रिया दिनुहोस्
MBL