Logo

काठमाडौं आईपुग्यो स्मार्ट लाईसेन्स छाप्ने मास प्रिन्टर, महानिर्देशक सरुवा भएसँगै छपाई अन्यौल

काठमाडौं आईपुग्यो स्मार्ट लाईसेन्स छाप्ने मास प्रिन्टर, महानिर्देशक सरुवा भएसँगै छपाई अन्यौल



काठमाडौं । सवारी चालक अनुमतिपत्र स्मार्ट लाईसेन्स छाप्ने मास प्रिन्टर नेपाल आईपुगेको छ । भदौको पहिलो हप्तादेखि सबै लाईसेन्स वितरण गर्ने योजना अनुरुप मास प्रिन्टर नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आईपुगेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालका अनुसार भारतको मद्रास सेक्युरिटीजले नेपालको एरपोर्टसम्म उक्त मास प्रिन्टर ल्याएको छ । विभागले यसअघि विभिन्न समयमा मास प्रिन्टर भित्र्याएर स्मार्ट लाईसेन्सको वितरणलाई तिव्र गर्ने घोषणा गरेको थियो ।

यसअघि स्मार्ट लाईसेन्स छपाई गर्ने प्रिन्टर तथा कार्डको आपुर्तीको जिम्मा पाएको मद्रास सेक्युरिटीले नै यसपटकको पनि टेण्डर हात पारेको हो । भदौको पहिलो हप्तादेखि मास प्रिन्टरमार्फत लाईसेन्स छापेर वितरण गर्ने घोषणा गरेका महानिर्देशक दाहालले भने सरुवाको पत्र पाईसकेका छन । उनी बुधबार विभागबाट सरुवा हुँदैछन ।

‘मैले त भदौको पहिलो हप्तादेखि नै स्मार्ट लाईसेन्स छापेर वितरण गर्छु भनेको थिएँ,’ उनले भने, ‘तर म भोली मात्रै विभाग छोडेर जाँदैछु अबको जिम्मा नयाँ आउने महानिर्देशकले लिनुहुनेछ ।’ विभागका तत्कालीन महानिर्देशक लावण्ड्य ढकालको कार्यकालमा उक्त मास प्रिन्टरको टेण्डर आह्वान गरिएको थियो, उक्त टेन्डर यसअघि जिम्मा पाएको मद्रास सेक्युरिटीले पाएको थियो । हाल विभागबाट वितरण गर्न बाँकी स्मार्टकार्ड लाईसेन्स ५ देख ७ लाखको विचमा छन ।

प्रतिक्रिया दिनुहोस्
MBL