Logo

महा भुकम्पमा मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो, १५ भन्दा बढी फ्लाईटबाट राहत वितरण

महा भुकम्पमा मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो, १५ भन्दा बढी फ्लाईटबाट राहत वितरण


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता
१९ वैशाख, काठमाडौं ।
गत शनिवार आएको महाभुकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । नेपाल प्रहरीले हालसम्म ७ हजार भन्दा बढीको मृत्यु भएको पुष्टि गरेको छ ।
नेपाल प्रहरीले आइतवार बिहानसम्म मृत्यु हुनेको संख्या ७ हजार ४० पुगेको रहेको पुष्टि गरेको हो । खोजि तथा उद्दार कार्य जारी रहेकोले यो संख्या अझ बढ्ने देखिएको छ ।
प्रहरीले हालसम्म १४ हजार १ सय जना घाईते भएको जनाएको छ । घाईतेको विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, हेलिकप्टरबाट विभिन्न ठाउबाट घाईतेको उद्दार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

jibitia uddar

महा भुकम्प गएको आठौं दिन सम्मै राहत तथा उद्दारलाई तिव्रता दिइएको सरकारले बताएको छ । प्रहरीले शनिवार मात्रै विभिन्न हेलिकम्पटरको १५ फ्लाईटबाट राहत विरतण गरेको जनाएको छ । प्रहरीले हेलिकम्टरबाट खाद्य तथा गैरखाद्य सामग्री वितरण गरेको बताएको छ ।
सरकारले भुकम्प आएको आठौं दिनसम्म भुकम्पमा परेका पीडितको राहतका लागिसवा १ अर्ब रुपैयाँ भन्दा बढी रकम निकासा गरेको गृह मन्त्रालयले जनाएको छ । सरकारले महा भुकम्प आएको आठौं दिनसम्म राहत वितरणको लागि प्रभावित जिल्ला र सम्बन्धीत निकायमा १ अर्ब ३५ करोड १७ लाख रुपैयाँ निकासा गरेको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले करोडौं रुपैयाँ राहतका लागि निकासा गरेपनि सिन्धुपाल्चोक, दोलखा, गोरखालगायत जिल्लाका दूर्गम तथा उच्च भेगमा अझै राहत पुग्न नसकेको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL