Logo

पाँचतारे होटल खोल्दै सुमार्गी, ५ अर्व लगानी

पाँचतारे होटल खोल्दै सुमार्गी, ५ अर्व लगानी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२३ चैत,काठमाडौं । श्री मुक्तिश्री प्राली नेपालले काठमाडौंमा पाँच तारे होटल खोल्ने भएको छ । कम्पनीले मुक्तिश्री हस्पिटालीटी प्रालीको नाममा होटल खोल्न लागेको हो ।

कम्पनीले गत साता मात्रै सो होटल स्थापनाका लागि उद्योग विभागमा दर्ता गराएको छ । विभागका अनुसार उक्त होटलमा ५ अर्व रुपैयाँ लगानी हुने छ ।

उक्त पाँचतारे होटलमा २ सय ५० ओटा बेड रहने छन् । त्यस्तै सो होटलमा २ सय ५० सीट सहितको रेष्टुराँ समेत सञ्चालन गरिने बताइएको छ । होटल निर्माण पश्चात ३ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले चैत १० गते उद्योग विभागमा होटल दर्ता गराएको हो । कुल पुँजी ४ अर्व ८० करोड रुपैयाँ रहेको मुक्ति श्री हस्पिटालिटीको चालु पुँजी भने २० करोड रुपैयाँ रहने विभागको तथ्यांकमा उल्लेख छ ।

मुक्ती श्रीले हालसम्म विभिन्न उद्योगमा ७ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । गत पुसमा कम्पनीले औद्योगिक क्षेत्रमा थप २३ अर्व रुपैयाँ लगानीको घोषणा गरेको थियो । त्यसमध्ये मुक्ती श्रीको हेल्लो नेपाल ब्रान्डको नेपाल स्याटलाइट कम्पनीले १ अर्ब १० करोड रुपैयाँ लगानी ल्याउन स्वीकृत पाइसकेको छ ।

त्यस्तै मुक्ती श्रीले धादिङस्थित आँखुखोला हाइड्रोमा साढे ५ अर्व, सुर्खेतमा मुक्तिश्री सिमेन्ट इन्डिस्ट्रिजमा ४ अर्व र नेपाल इन्फ्रा कम्पनीमा ३ अर्व लगानी गर्ने औपचारिक घोषणा गरेको थियो । यी लगानीहरु २०१६ बाट पूर्णरुपमा व्यवसायीक कार्यमा प्रयोग भइसक्ने केही समय अघि आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष अजयराज सुमार्गीले बताएका थिए ।

यी उद्योग सञ्चालनमा आएसँगै थप १० हजार मानिसले रोजगार पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL