Logo

एनआईसी एसिया बैंकको सिईओमा न्यौपाने नियुक्त, लेखापरिक्षकदेखि सिईओसम्मको यस्तो छ यात्रा

एनआईसी एसिया बैंकको सिईओमा न्यौपाने नियुक्त, लेखापरिक्षकदेखि सिईओसम्मको यस्तो छ यात्रा



काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैंक संचालक समितिको आज बसेको बैंठकले न्यौपानेलाई सिईओमा नियुक्त गरेको हो ।

बैंकका सिईओ लक्ष्मण रिसालको राजिनामा स्वीकृत भए पश्चात श्री न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाई सकेको बैंकद्घारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका सिईओ न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा कार्य गर्दै आएका न्यौपाने चार्टड एकाउण्टेण्ट समेत हुन् ।

नवनियुक्त सिईओ न्यौपानेलाई आजै बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ गराएका छन् । सपथग्रहणसग्े न्यौपानेले बैंकका समस्त ग्राहकलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरीे समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय संकल्पले परिकल्पना गरे वमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । साथै उनले “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने बैंकको नारालाई मुर्तरुप दिन सम्पूर्ण बैंक परिवार हरहमेसा प्रतिबद्ध रहने प्रण गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर करिब १४ लाख भन्दा बढि सेवाग्राहीहरुको बैंक बन्न सफल भएको छ । यसैगरी, जम्मा २६८ शाखा तथा २८१ एटीएमसहित देशकै सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL