Logo

ग्लोवलको अष्ट्रेलियामा ‘रेप अफिस’ खुल्दै, अर्थमन्त्री महतले उद्घाटन गर्ने

ग्लोवलको अष्ट्रेलियामा ‘रेप अफिस’ खुल्दै, अर्थमन्त्री महतले उद्घाटन गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ चैत, काठमाडौं । ग्लोवल आईएई बैंकले अष्ट्रेलियामा रिप्रिजेन्टेटिभ (रेप) अफिस खोल्ने भएको छ । नेपाल र अष्ट्रेलियाबीचको व्यापारिक सम्बन्ध बढाउनका लागि रिप्रिजेन्टेटिभ अफिस स्थापना गर्न लागिएको ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए । ‘अष्ट्रेलियामा ग्लोवल आईएमईको रिप्रिजेन्टेटिभ अफिस खुलेसँगैे दुई देश बीच लगानीको वातावरण बन्नेछ,’ उनले भने, ‘जसले गर्दा व्यापार व्यवसायमा समेत बृद्धि हुनेछ ।’

बज्राचार्यका अनुसार अर्थमन्त्री डा. रामशरण महतले अष्ट्रेलियामा सो अफिसको उद्घाटन गर्नेछ । बैंकको रिप्रिजेन्टेटिभ अफिस उद्घाटनका लागि अर्थमन्त्री महत सहितको एक टोली हिजै अष्ट्रेलिया प्रस्थान गरेका छन् । भोलि अफिसको विधिवत रुपमा उद्घाटन गरिने समेत उनले जानकारी दिए ।

नेपाली बैंकले विदेशमा रिप्रिजेन्टेटिभ अफिस खोलेको यो दोस्रो हो । यस अघि हिमालयन बैंकले मलेशियामा आफ्नो रिप्रिजेन्टेटिभ अफिस स्थापना गरिसकेको छ ।

उक्त अफिसको स्थानासँगै अष्ट्रेलियाबाट रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट ल्याउन समेत सजिलो हुनेछ । अष्ट्रेलियामा अध्ययन तथा रोजगारीको लागि हजारौं नेपाली कामदार गएपनि उनीहरुले हुण्डी लगायत गैरबैंकिङ प्रणाली मार्फत रेमिट्यान्स भित्र्याइरहेका छन् । आगानी दिनमा अष्ट्रेलियाबाट नेपालमा भित्र्ने रेमिट्यान्स बैंकिङ प्रणालीमार्फत ल्याउन मद्दत पुग्ने समेत बज्राचार्यको भनाइ छ ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्व १ करोड १६ लाख रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्म ५५ अर्ब २० करोड निक्षेप संकलन गरेको थियो भने ४७ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

ग्लोवल आईएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको देशभर ८५ वटा ब्राञ्च अफिस रहेको छ भने ८८ बटा एमिटम काउण्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL