Logo

अन्तरिक्ष तथ्यांक केन्द्र बन्दै, प्राकृतिक प्रकोपको पूर्व जानकारी पाईने

अन्तरिक्ष तथ्यांक केन्द्र बन्दै, प्राकृतिक प्रकोपको पूर्व जानकारी पाईने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ चैत, काठमाडौं । सरकारले केन्द्रिय अन्तरिक्ष तथ्यांक केन्द्र बनाउने भएको छ । अन्तरिक्ष विज्ञान प्रविधिको विकास एवम् विस्तारमा सहयोग गर्न तथा त्यसको उपयोग गर्न सरकारले तथ्यांक केन्द्र बनाउने भएको हो ।
सरकारले गठन गरेको विज्ञान तथा सूचाना प्रविधि सम्बन्धी सल्लाहारहरुको हालै वसेको वैठकले यस्तो निर्णय गरेको हो । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा आयोजित उक्त वैठकले अन्तरिक्षमा आफ्नो छुट्टै स्याटेलाईट समेत निर्माण गर्दै ‘सेन्ट्रल स्पेश डेटा सेन्टर’ स्थापना गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रामआधार साहले बिजखबरलाई जानकारी दिए ।

space-art-wallpaper-space-bizkhabar

डेटा सेन्टर  प्राकृतिक प्रकोपको पूर्व जानकारी तथा प्रकोप व्यवस्थापन सूचना प्रणालीको समेत विकास गर्ने छ । त्यसपछि भुईचालो, बाढी, आधिबेरीलगायत प्राकृतिक प्रकोपका बारेमा पूर्व सूचना दिने छ । यसले सावधानी अपनाउन सहयोग गर्ने हुँदा प्राकृतिक प्रकोपको क्षती न्यूनीकरण गर्ने छ ।

डेटा सेन्टर निर्माणका लागि सवैभन्दा पहिला अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयूले) उपलब्ध गराएको अन्तपरिक्षको ठाउँलाई सुरक्षित गर्दै आफ्नै स्याटेलाईट निर्माणको प्रक्रिया समेत अघि बढाईने उनले बताए ।
स्योटलाईट तथा डेटा सेन्टर निर्माणलगायतलाई सहज बनाउन अन्तपरिक्ष सम्बन्धी छुट्टै नीति समेत बनाईने भएको छ । यसका लागि कार्यशालाहरु आयोजना गरी सुझाव संकलन गर्ने सल्लाहाकारको वैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL