Logo

यी हुन् बढी आयात हुने १० बस्तु

यी हुन् बढी आयात हुने १० बस्तु


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

चैत १४,काठमाडौं । आर्थिक बर्ष २०७१ \७२ को सात महिना नेपालमा ४ खर्व ४४ अर्व ७७ करोड आयात भएको छ । यो गत आवको सो अवधिको तुलनामा १३ दशमलव ३ प्रतिशतले बढी हो ।

चालु आवका सात महिनामा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा ह्रास आएको तथा सुन, कोइलाजस्ता पदार्थको आयात कम भएकोले समग्र आयातको बृद्धिद्धरमा ह्रास आएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । तथापी सो अवधिमा सबैभन्दा बढी आयात हुने बस्तुमा पेट्रोलियम पदार्थ रहेको छ ।

गत सात महिनामा नेपालमा ६६ अर्व ५६ करोड ७९ लाख रुपैयाँ बरारको पेट्रोलियम पदार्थ आयात भएको छ ।

त्यस्तै अन्य बढी आयात हुने बस्तुमा एमएस विलेट, सवारी तथा स्पेयर पार्टस, चाँदी, औषधी टेलिकम्युनिकेशन इक्युपमेन्ट रहेका छ । सो अवधिमा ११ अर्व ५९ करोड ४६ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेशन इक्युपमेन्ट आयात भएको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी अन्य मेसिनरी सामानको आयात १८ अर्व ८५ करोड ९७लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा एमएस विलेट १७ अर्व ३६ करोड ६६ लाख तथा ११ अर्व ८८ करोड ९२ लाखको औषधी आयात भएको छ । त्यस्तै सवारी तथा स्पेयर पार्टसको आयात २४ अर्व ५४ करोड २९ लाख रुपैयाँ र चाँदी १४ अर्व ५२ करोड ६३ लाख रुपैयाँको आयात भएको छ ।

३ अर्व ६२ करोडको कागज तथा ८ अर्व ५१ करोड १४ लाखको चामल आयात भएको छ ।

सुनको आयात गत आवको सो अवधिको तुलनामा घटेर १ अर्व ८४ करोडमा झरेको तथ्यांकमा उल्लेख छ । नेपालमा भारत, चीन तथा तेस्रो मुलुकबाट बस्तु आयात गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL