Logo

काठमाडौंमा आजबाट औपचारिक रुपमा फ्रि वाईफाई संचालन, यी हुन निःशुल्क वाईफाई चलाउन सकिने ६ स्थान

काठमाडौंमा आजबाट औपचारिक रुपमा फ्रि वाईफाई संचालन, यी हुन निःशुल्क वाईफाई चलाउन सकिने ६ स्थान



काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौंमा फ्रि वाईफाई संचालनमा ल्याएको छ । महानगर र वल्र्डलिंक कम्युनिकेशनको साझेदारीमा काठमाडौं उपत्यतका भित्र औपचारिक रुपमा फ्रि वाईफाई सेवा संचालनमा ल्याइएको हो ।

काठमाडौंका विभिन्न ६ स्थानमा जडान गरिएको उक्त वाईफाई डेढ महिना अघि परीक्षणका रुपमा संचालनमा ल्याइएको थियो । आईतबार सो सेवाको काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्य र वल्र्डलिंक कम्युनिकेशनका अध्यक्ष दिलिप अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

वल्र्डलिङ्कले हाल विज्ञापन रहित तथा व्यबसायलाई बढवा नदिई आफ्नो सेवा सुभारम्भ गर्ने कामपाका सुचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए ।

उनका अनुसार अनौपचारिक रुपमा जेठ १६ गतेबाटै फ्री वाईफाई सेवा संचालनमा आईसकेको थियो । तर, सोही सेवालाई आईतबारबाट भने औपचारिक रुपमा संचालनमा ल्याईएको हो । हाल उक्त ६ स्थानमा कम्तीमा पनि १० एमबिबिएस क्षमताको व्यान्डवीथ छोडिएको र सेवाग्राहीको संख्या बढे अनुरुप क्षमता विस्तार पनि गर्न सकिने छ ।

हाल पशुपति क्षेत्रमा ७ सय जनाले फ्री वाईफाई चलाउन सक्ने क्षमताको व्यान्डवीथ छोडिएको छ । यसैगरी बौद्धमा ५ सय, बालाजुमा ७ सय, शंखपार्कमा २ सय, स्वयम्भुमा ३ सय तथा बसन्तपुरमा भने ५ सय जनासम्मले चलाउन सकिने गरी सेवा दिईएको कामपाका सुचना प्रविधि महाशाखा प्रमुख काफ्लेले जानकारी दिए ।

उनका अनुसार सेवाग्राहीले उक्त सेवा आधा घण्टामात्र चलाउन सक्नेछन् । साथै कुनै सेवाग्राहीले एउटा स्थानमा १५ मिनेट ईन्टरनेट चलाएर अर्काे स्थानमा बाँकी रहेको १५ मिनेट चलाउन सक्ने छन । उदाहरणका लागि कुनै व्यत्तिले पशुपतिको वाईफाई १५ मिनेट चलायो भने अन्य स्थानमा गएर १५ मिनेटमात्रै चलाउन सकिनेछ । तर आधा घण्टा फ्रि वाईफाई चलाएपछि अर्को दिनमात्रै निशुल्क वाईफाई चलाउन पाईनेछ । यसको मतलव १ दिनमा आधा घण्टा मात्रै निशुल्क वाईफाई चलाउन पाईनेछ ।

गत बैंशाखमा कामपा र वल्र्डलिलङ्कको सहकार्यमा काठमाडौंका विभिन्न ६ ओटा स्थानमा फ्रि वाईफाइ राख्ने सम्झौता भएको थियो । सम्झौता अनुरुप उपत्यकाका वसन्तपुर, बौद्ध, संखपार्क, स्वयम्भु, वालाजु वाइसधारा तथा पशुपती क्षेत्रमा वाइफाइ सेवा जडान गरिएको हो । ती स्थानहरुमा १० एमवीपीएसको इन्टरनेट सेवा जडान गरिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL