Logo

डा. चिरञ्जीवी नेपाल भावी गभर्नर हुने पक्का, मन्त्रीपरिषद्ले आज नियुक्त गर्ने

डा. चिरञ्जीवी नेपाल भावी गभर्नर हुने पक्का, मन्त्रीपरिषद्ले आज नियुक्त गर्ने


बिजखबर संवाददाता
27
Shares

बिजखबर संवाददाता

५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका भावि गभर्नरमा प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डा. चिरञ्जीवी नेपाल नियुक्त हुने निश्चितप्रायः भएको छ । नेपाल सरकारका एक उच्च अधिकारीले भावि गभर्नर नेपाललाई नियुक्त गरिने पक्का भएको दाबी गरेका हुन् ।

‘राष्ट्र बैंकको १६ औं गभर्नरमा डा. नेपाललाई नियुक्त गरिने पक्का भइसकेको छ’ स्रोतले बिजखबरसँग भन्यो, ‘यसमा प्रधानमन्त्री तथा अर्थमन्त्री सहमत भइसक्नु भएको छ ।’ डा. नेपाललाई गभर्नर बनाउने बारे कांग्रेस नेताहरुलाई जानकारी समेत गराईसकेको स्रोतको दाबी छ ।

अर्थमन्त्री नेतृत्वको तीन सदस्सीय सिफारिस समितिले बुधवार डा. नेपालसहित राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय गोपाल प्रसाद काफ्ले र महाप्रसाद अधिकारीलाई गभर्नरमा सिफारिस गर्ने निर्णय गरेको थियो । समितिले बुधवार नै ती नै जनालाई फोन गरेर समेत जानकारी गराएको स्रोतको दाबी छ । समितिले आज मन्त्रीपरिषद्मा नेपाल, काफ्ले र अधिकारीको नाम सिफारिस गर्ने बताइएको छ । त्यसमध्येबाट नेपाललाई गभर्नर बनाउने पक्का भइसकको स्रोतको दाबी छ ।

गभर्नर डा. युवराज खतिवडाको कार्यकाल आज बिहीवारदेखि सकिदै छ । स्रोतको दाबीअनुसार आगमी पाँच वर्षे कार्यकालका लागि डा. नेपाल राष्ट्र बैंकका गभर्नर हुने छन् ।

उदार अर्थतन्त्रको वकालत गर्ने डा. नेपाल प्रधानमन्त्री शुसिल कोइराला निकट मानिन्छन् । निजी क्षेत्रमैत्री समेत मानिने उनी यसअघि धितोपत्र बोर्डको, अर्थमन्त्रीका सल्लाहाकार, पराराष्ट्रमन्त्रीका सल्लाहाकार समेत भइसकेका छन् । ५२ वर्षे डा. नेपालले बनारस हिन्दु युनिभसिर्टीबाट सन् १९९४ मा म्याक्रो इकोनोमिक्समा विद्यावारिधि गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL