Logo

टेलिकम ‘फोरजी’ सेवा संचालन गर्ने तयारीमा छ ।

टेलिकम ‘फोरजी’ सेवा संचालन गर्ने तयारीमा छ ।


रामराजा श्रेष्ठ
0
Shares

नेपाल टेलिकमले जुन नीति नियमभित्र रहेर काम गरिरहेका छ त्यस अनुसार अघि बढ्न सक्दैन । व्यवसाय गर्ने संस्थाका लागि प्रतिस्पर्धामा उत्रन सहज हुने खालको नीतिनियम बनाइनुपर्छ ।

हाल रणनितीक साझेदार छनोट गर्न परामर्शदाता नियुक्तको प्रक्रियामा छौंं । कम्पनीले आगामी डेढवर्ष भित्र रणनीतिक साझेदार पाउनेछन् । टेलिकमको गुणस्तर, सेवा विस्तार तथा भावी कार्य योजनाको विषयमा केन्द्रित रहेर बिजखबरका रामराजा श्रेष्ठ र रक्षा रेग्मीले नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यसँग गरेको कुराकानी ः

नेपालमा टेलिकमको बजार कस्तो छ ?

नेपालमा टेलिकमको बजार परिपक्क भइसकेको छ । विश्वले अंगालेको प्रायःजसो प्रविधि हामीसँग छ । हामी त त्यो भन्दा पनि हामी अगाडी छौं । जस्तै, नेपालबाट भारत फोन गर्दा विभिन्न प्याकेज तथा अप्सन छन् । हामीसँग २ रुपैयाँ ९० देखि १२ रुपैयाँसम्मको प्याकेज छ । त्यो प्रविधिले ल्याएको हो । तर, भारतबाट नेपालमा कल गर्दा एउटै मात्र प्याकेज छ । यसरी हेर्दा अन्यदेशको तुलनामा हामी प्रविधिमा अगाडी छौं ।

एनटीसिको अवस्था चाहिँ कस्तो छ ?

टेलिकमको योगदानकै कारण नेपालमा टेलिकमको बजार परिपक्क भएको हो । हामीले सेवा नदिएको भए नेपालमा टेलिकमको बजार यो अवस्थामा आइपुग्ने थिएन । हामीले इभिडियो, वाइमयाक्स तथा थ्रिजी लगायत सेवा शुरु गरेका हौं । त्यसैले गाउँमा इन्टरनेट प्रयोग गर्न पाएका छन् । नयाँ सेवा प्रदायकको पनि यसमा योगदान त छ । नेपाल टेलिकमको इतिहास निकै लामो छ । जसले गर्दा यसको श्रेय नेपाल टेलिकमलाई नै जान्छ ।

टेलिकम १२ औं बर्षमा प्रवेश गरेको छ, यसचबीमा भएका महत्वपूर्ण उपलब्धिहरु के–के हुन् ?

हामीले हालै ११ औं बार्षिकोत्सव सम्पन्न गर्यौं । यसबीचमा हामीले कति ग्राहक बनाउन सक्यौ भन्ने कुरा विषय मुख्य हो । यो अविधमा टेलिकमको ग्राहक संख्या २७ गुणाले बढेको छ । संस्थानबाट कम्पनीमा परिणत हुँदा टेलिकमले ठुलो फड्को मारेको छ । देशका कुनाकाप्चामा भ्वाइस तथा डाटाका सेवा विस्तार पुगेको छ । कम्पनीको ग्राहक संख्या, नाफा, आम्दानी तथा लाभांशमा बृद्धि भएको छ ।

तपाई टेलिकमको प्रबन्ध निर्देशक भएर जिम्मेवारी सम्हालेयता महत्वपूर्ण उपलब्धी केलाई भन्नु हुन्छ ?

टेलिकमले संस्थागत सुधार तथा सेवा विस्तारलाई विशेष प्राथमिकता दिएको छ  । संस्थागत सुधारमा संरचनागत सुधार तथा कर्मचारीको वृत्तिविकास सम्वन्धी विषयलाई सम्बोधर्न गर्न थालेका छौ ं। त्यस्तै लामो समयदेखि रोकिएका विभिन्न कामलाई प्रभावकारी ढंगले अगाडी बढाइरहेका छौं । जिएसएम सेवालाई दु्रत गतिमा अगाडी बढाएका छौं । लामो समयदेखि रोकिएको सीडीएमए प्रविधिलाई विस्तार गर्न लागिपरेका छौं । यस सम्वन्धी कार्ययोजना तयार भइसकेको छ । सीडीएमएका ग्राहकले पहिला जस्तो समस्या झेल्नु नपरोस भन्ने उद्देश्यले यसमा पनि सुधार ल्याइरहेका छौं । त्यस्तै, एफटीटीएच सेवा सुरु गरेका छौं । यसलाई एडीएसएलको विकल्पका रुपमा विकास गरेका हौं । कर्पोरेट ग्राहकबाट व्यक्तिगत तिर लाने तयारी गरिरहेका छौं ।
टेलिकमको विलिङ प्रणालीमा लामो समयदेखि अवरोध भएको थियो । यसलाई सुधार गरेका छौं । समग्रमा हामीले कम्पनीमा भइरहेका संरचना तथा ग्राहक आधार विस्तारमा प्रभावकारी रुपमा अगाडी बढाएका छौं । टेलिकम क्षेत्रमा आजको भोली नै प्रगति देखिदैन । यसमा विभिन्न नीति नियमले अवरोध गर्छन् । कुनै नयाँ काम गर्नका लागि विभिन्न खालका कानुनी प्रक्रिया पुरा गर्नुपर्छ । उपकरण आयात जडान तथा सञ्चालन गर्न त समय लाग्छ नि ? तर हामीले हाल अघि बढाइरहेको कामको रिजल्ट ६ महिना देखि १ बर्ष सम्मका आउनेछन् ।
सीडीएमए सेवा विस्तार गर्दै हुनुहुन्छ भन्नुभयो, यसलाई विस्तृत रुपमा प्रष्ट पारिदिनुस न ?

सीडीएमए सेवा विशेषगरी ग्रामिण क्षेत्रलाई लक्षित गरेर ल्याएका हौं । यो सेवा ग्रामीण क्षेत्रमा निकै लोकप्रिय छ । यसका लागि हामीले सामसुङसँग बन्डलिङ समेत गरेका छौं । यस्तै, पुरानो प्रविधिमा आधारित सीडीएमए १ लाख ८० हजार ग्राहकलाई नयाँ प्रविधिको आईपी सीडीएमएमा अपगं्रेड गर्ने तथा थप १ लाख ४० हजार ग्राहक बढाउने योजना छ ।

वाइम्याक्समा पनि टेलिकम योजना अनुसार अघि बढ्न सकेको छैन नि ?

अगाडी नै बढ्न नसकेको त नभनौं । तर, पछिल्लो समय त्यो प्रोजेक्टलाई पनि विस्तार गर्ने सोच आएको छ । हामीले योजना संचालनमा ल्याएको बेलामा हटस्पट र वाइफाइको ठुलो परिकल्पना गरेका थिएनौ । यसले गर्दा त्यसलाई परिमार्जन गर्नु परेको हो । स्मार्टफोन भएका ग्राहकले वाइफाइ चलाउन चाहन्छन् । आगामी दिनमा वाइम्याक्स तथा वाइफाइ लाई हटस्पट बनाउने प्रक्रियामा छौं ।

पोस्पेडबाट प्रिपेडमा व्यालेन्स ट्रान्सफर गर्न मिल्ने व्यवस्था चाहिँ कहिलेबाट कार्यान्वयनमा आउने छ ?

यो ट्रान्सफर भन्दा पनि एकिकृत एकाउण्ट नम्बर संचालनमा ल्याउन लागेका हौं । तपाईसँग टेलिकमको विभिन्न सेवा छ भने त्यसका लागि एउटै एकाउन्ट नम्वर उपलब्ध गराउछौं । सीडीएमए, जीएसएम, पीएसटीन, एडीएसएल तथा वाइम्याक्सलगायत सेवा छ भने तपाइले सो एकाउन्टमा पैसा राखेपछि त्यसबाट सवै सेवा चलाउन सकिनेछ । प्रिपेड, पोष्टपेड तथा अन्य सेवाका लागि छुटै पैसा तिुर्न पर्दैन । त्यस्तै अरुको पोष्टपेड मोवाइलबाट पनि पैसा ट्रान्सफर गर्न पनि सकिन्छ ।

टेलिकमको गुणस्तरमाथी बारम्बार प्रश्न उठिरहन्छ । टेलिकम गुणस्तरिय सेवादिन असक्षम नै देखिएको हो त ?

होइन । त्यस्तो भन्न मिल्दैन । हामीले निश्चित परिधी भित्र रहेर प्रक्रिया पुरा गरेपछि मात्र खरिद प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । जसले गर्दा अन्य निजी कम्पनीले जस्तो समस्या देखिने वित्तिकै समाधान गर्न सक्दैनौं । टेलिकम झण्झटिलो नीति नियममा बाधिएको छ ।
गुणस्तर सुधारमा हामीले बिषेशगरी जीएसएम सेवालाई विशेष ध्यान दिएका छौं । लोडसेडिङले गर्दा पनि टेलिकमको सेवामा समस्या ल्याएको छ । जसले गर्दा गुणस्तरमा प्रभाव पारेको छ । हामीे टावर संचालनका लागि व्याट्रि राखेका हुन्छौं त्यसले पनि लामो समय थेग्न सक्दैन । पछिल्लो सयम कम पावर खाने इक्युपमेन्ट जडान गरेका छौं ।
त्यस्तै, बाटो विस्तार गर्दा हाम्रो केवल काटिएका छन् । त्यसले गर्दा सेवा पूर्ण रुपमा अवरुद्ध हुन गई फोन सम्पर्क हुदैन । त्यस्तै नजिकैको टावरले नटिप्दा राम्रोसँग कुराकानी हुदैन । जसले गर्दा पनि गुणस्तरमा प्रश्न उठ्ने गरेको छ । तर, हाम्रो सेवा गुणस्तरिय नभएको भने होइन ।
नीति नियमलाई मात्र कति समयसम्म दोष दिएर अल्झिने ?

हाल टेलिकम जुन नीति नियमभित्र रहेर पनि काम गरिरहेका छ त्यसरी अघि बढ्न सक्दैन । टेलिकमजस्तो जस्तो संस्थालाई त्यस्ता खालका नियम तथा कानुन लगाएर प्रतिस्पर्धी रुपमा अघि बढ्न सक्दैन । अधिकारमा चारै तिरबाट बाधिएको छ । व्यवसाय गर्ने संस्थालाई प्रतिस्पर्धामा उत्रन सहज हुने खालको नीतिनियम लगाउनु पर्छ । जबसम्म प्रतिस्पर्धी ऐन नियम बन्दैन तवसम्म तत्काल गुणस्तर सुधारका विषयमा प्रश्न उटिरहन्छ ।

buddhi

टेलिकम भ्वाइस मै पनि खरो रुपमा उत्रन सकेको छैन । यस्तो अवस्थामा डाटामा गुणस्तर दिनुहुन्छ भनेर ग्राहकले कसरी विश्वास गर्ने ?

आजभोली धेरै कुरा डाटामा डिपेन्ड हुन थालेको छ । डाटाबाट नै भ्वइस प्रयोग गर्न थालिसकेका छन् । जुन किसिमको सेवा विस्तारको योजना छ त्यसलाई सफल पार्न डाटालाई फोकस गरेका हौं । ग्राहकले चाहना अनुसार सेवा विस्तार गर्नु हाम्रो दायित्व हो । यसो भन्दैमा हामीले भ्वाइसलाई वेवास्ता गरेको भन्न मिल्दैन । अझै पनि हाम्रो प्राथमिकतामा भ्वाइस नै पर्छ । अन्य सेवा प्रदायसँग खरो रुपमा प्रतिशपर्धामा उत्रन डाटालाई विस्तार गरिएको हो ।

भनेपछि डाटामा गुणस्तरीयता दिनुहुन्छ भनेर ग्राहकले विश्वास गर्दा हुन्छ ?

डाटामा पनि एडिएसएलमा कुनै बेला समस्या देखिन्छ । यसका तारहरु पुराना भएकाले प्रभावकारी रुपमा आउन नसकेको हो । टेलिकमले सवै ठाउँका कामलाई एकै पटक अघि बढाउन सक्दैन । तर, वाइम्याक्स, थ्रिजी, एफटीटीएच लगायतका सेवा भने अगाडी बढाएका छौं । तत्कालै एफटीटीएच सेवा विस्तार गर्दै छौं । यसलाई पनि चैतको पहिलोहप्ताबाट व्यवसायिक रुपमा कार्यान्वयमा ल्याउने छौं ।

ग्रामीण क्षेत्रका ग्राहकको समस्या कसरी सम्बोधन गर्नुहुन्छ ?

यसका लागि १४९८ मा डायल गरेर गुनासो टिपाउन सकिनेछ त्यस्तै डिलरहरुले रिचार्जको समस्या समाधान गर्छन् । गाउँमा सोलारबाट पनि सेवा दिइरहेका छौं । तर, कतिपय स्थानमा ८÷१० दिन घाम नलाग्दा भने समस्या हुन्छ । टेलिकम आफैले विजुली लान सक्दैन । यस्ता समस्या समाधान गर्न इक्युपमेन्ट परिवर्तन गर्ने काममा लागेका छौं । सवै ग्रामीण क्षेत्रमा ग्राहक सेवा केन्द्र स्थापना गर्न सम्वभ हुदैन । आगामी दिनमा हरेक जिल्ला सदरमुकाममा एउटा ग्राहक सेवा केन्द्र स्थापना गर्ने योजना छ ।

टेलिकमले केही समय अघि सोसल नेटवर्किङ र आइटी कम्पनी स्थापना गर्ने तयारी गरेको थियो । यसको प्रक्रिया त लामै भयो होइन ?

हामी तत्काल लागि छोटो समयमा गर्नुपर्ने कममा केन्द्रित छौं । हामीले कामलाई विभिन्न तहमा विभाजन गरेका छौं । प्राथमिकताका आधारमा काम गरिरहेका छौं । यी काम भने दिर्घकालिन योजनामा परेका छन् ।

भ्यालु एडेड सर्भिस विस्तारको योजना कस्तो छ ?

अहिले वायरलेस प्रविधिमा आधारित भ्यालु एडेड सर्भिसलाई प्राथमिकता दिएका छौं । हामीले यस्ता सेवामा अपरेटरहरुसँग साझेदारी गर्नेछौं । सो सेवा अन्य अपरेटरहरुलाई नै चलाउन दिएर आम्दानी बाँड्नछौं । अहिले अरुले पनि प्रभावकारी रुपमा अत्याधुनिक सेवा ल्याउन सकेका छैनन् । टेलिकम आफैले कन्टेन्ट डेभलप गर्न सक्दैन । हामीले प्रविधि भित्र्याउने हो । यसमा अन्य अपरेटरसँग सहकार्य गरेर अघि बढ्ने हो । प्रतिशपर्धी तथा खुल्ला बजारको व्यूटी पनि यही हो ।

रणनितीक साझेदार भित्र्याउने विषय कहाँ पुगेको छ ?

रणनितीक साझेदार छनोट गर्न परामर्शदाता नियुक्त गर्न लागेका छौं । परामर्शदाताले काम शुरु गरेपछी राण्नितीक साझेदार छनौट गर्ने छौं । यसका लागि अझै डेढ बर्ष लाग्छ । यो नेपाल सरकारसँग सम्वन्धित विषय हो । सरकारले आफ्नो सेयरलाई रणनीतिक साझेदारलाई हस्तान्तरण गर्ने प्रक्रिया हो । यसमा टेलिकमको भन्दा पनि सरकारको भुमिका ठूलो रहन्छ ।

अहिलेसम्म कुनै कम्पनीले चासो देखाएर आएका छैनन् ?
अनौपचारिक रुपमा चासो देखाएर आउने त धेरै हुन्छन् । औपचारिक रुपमा चै अहिलेसम्म आएका छैनन् । हामीले टेन्डर निकालेपछी मात्र थाहा हुन्छ ।

पछिल्लो समय ओटीटी सेवा प्रभावकारी रुपमा अगाडी आएको छ । यसले टेलिकमको म्यासेज सर्भिसलाई प्रभाव त पारेको छैन ?

भोलीको दिनमा टेलिकम ओटीटी सेवामा नै आउने हो । टेलिकमको इतिहास ‘आवा’ बाट सुरु भएको हो । विस्तारै दोहोरो कुराकानी हुने वातावरण हुन थाल्यो र विस्तारै ताररहित सेवामा आइपुगेका छौं । अवको दिनमा अझै विकशित हुँदै जानेछ र हामी पनि सोही अनुरुप अघि बढ्नेछौं । भविष्यमा ओभर द एयर अर्थात आकाशमा कुनै कुरा राखिन्छ । क्लाउडमा हामी सर्भिस राख्छौ र तपाई त्यहिबाट प्रयोग गर्नुुहन्छ । यस्तो ट्रेन्ड डेभलप हुनेछ ।

टेलिकमको अवको योजना तथा लक्ष्य के छन् ?

मुख्य त ग्राहको चाहना अनुसार सेवा दिने नै हो । यस्तै, विश्वका नयाँ प्रविधिलाई समयमै नेपाल भित्र्याउने तथा ग्राहकलाई विभिन्न सेवा दिने । हामी एउटा मात्र सेवामा भर परेर बस्दैनौं । हामीले एफटीटीएच सेवा विस्तार गर्दैछौं । पीएसटीनलाई आइपी वेसमा लादैछौं । जसले घरमा इन्टरनेट तथा फोनको गुणस्तर बढ्नेछ । टेलिफोन लाइनबाट टेलिभिजन हेर्न मिल्ने बनाउने योजना छ । यसलाई व्यवसायिक रुपमा मूल्यांकन गरेर टेलिभिजन सेवा प्रदायकसँग मिलेर कार्य गनेछौं ।
चौथो पुस्ताको एलटीइ सेवासम्म जाने योजना छ । दुरसञ्चार प्राधिकरणले एलटीइसँग सम्वन्धित विषयमा निणर्य गर्ने वित्तिकै यो सेवा सुरु हुन्छ । घरघरमा अप्टिकल फाइवर पुर्याउने योजना छ । हाल दरवारमार्ग र नक्सालबाट यसको काम शुरु गरिसकेका छौं । त्यस्तै उपत्यका बाहिर पोखरमा पनि शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL