Logo

अटोमोबाइल्समा व्यवसायिक घरनाको पकड, डिलरसिपमा प्रतिस्पर्धा

अटोमोबाइल्समा व्यवसायिक घरनाको पकड, डिलरसिपमा प्रतिस्पर्धा


बिजखबर संवाददाता
0
Shares

रामराजा श्रेष्ठ / काठमाडौं । सिमेन्ट, छडलगायत उत्पादनमा अग्रणी मानिएको शंकर ग्रूपले अटोमोबाइल व्यवसाय शुरु गरेको धेरै भएको छैन । ग्रूपले एसजी ग्लोबल नामक कम्पनी माफर्त महिन्द्राको टू ह्विलर्स व्यवसायमा अघिल्लो वर्ष हात हालेको हो । त्यस्तै, वित्तिय संस्थामा लगानी गर्दै आएको आईएमई ग्रूपले पनि अटोमोबाइल्स व्यवसाय थालेको छ । शंकर र आईएमई मात्रै होइन, उत्पादन तथा सेवा क्षेत्रमा स्थापित थुप्रै औद्योगिक एवम् व्यवसायिक घरनाले अटोमोबाइल व्यवसायमा पकड जमाउन थालेका छन् । त्यसो त चौधरी, गोल्छा, ज्योति, लक्ष्मी, बैद्यज, दुगडलगायत ठूला औद्योगिक घरना त अटोमोबाइल व्यवसायमा स्थापित नै भइसकेका छन् ।

नेपालको अटोमोवाइल क्षेत्रमा ठूला औद्योगिक घरनाको मात्र प्रतिनिधित्व देखिएको छ ।  विशेषगरी लक्ष्मी ग्रूप, चौधरी ग्रूप, बैद्य्ज अर्गनाइजेशन, ज्योति ग्रूप, विशाल, दुगड, शंकर, गोल्छा, आइएमईजस्ता ठूला औद्योगिक घरानाहरु अटोमोवाइल क्षेत्रमा लगानी गरेका छन् । नेपालमा सवारीसाधन आयात गर्ने साना व्यवसायीहरुको प्रतिनिधित्व खासै देखिँदैन ।

नेपालमा बिक्री हुने कर्मशियल भेइकल, प्यासेन्जर कार सेग्मेन्ट तथा मोटरसाइकल आयात गर्ने सबै क्षेत्रमा ठूलो औद्योगिक घरनाको पकड छ । नेपालको प्यासेन्जर कार सेग्मेन्टमा अग्रणी स्थानमा रहेको हुन्डाई ब्राण्डका गाडी लक्ष्मी ग्रूपले बिक्री गर्दै आएको छ । यस्तै, कर्मशियल सवारीसाधनमा अग्रणी स्थानमा रहेको टाटा मोटर भने सिप्रदी ट्रेडीङले बिक्री गर्दै आएको छ । हाल नेपालमा झण्डै ३० ब्राण्डका सवारीसाधन बिक्री हुँदै आएको छ । ती सबैमा कुनै न कुनै  हिसावले ठूला औद्योगिक घरानाको प्रतिनिधित्व रहेको एक अटो व्यवसायीले जानकारी दिए ।

सवारीसाधनको इम्पोटर बन्नका लागि ठूलो मात्रामा लागनी आवश्यक रहेकाले पनि सामान्य व्यवसायीले बिक्री वितरण गर्न नसक्ने सम्बद्ध व्यवसायीहरु बताउँछन्  । ‘कुनै एउटा ब्राण्डका गाडीको डिलर्शसीप लिन कम्तीमा पनि २५ करोड रुपैयाँ लगानी गर्नु पर्छ,’ एक अटो व्यवसायीले भने, ‘साना व्यवसायीले त्यति धेरै रकम खर्च गरेर डिलर्शसीप लिनै सक्दैनन् ।’ नेपालमा विदेशी गाडीहरुको डिलर्सशीप लिएर बेच्नका लागि झण्डझटिलो कानुनी प्रवाधान नभएपनि ठूलो लगानी आवश्यक पर्ने भएकाले साना व्यवसायीको प्रतिनिधित्व हुन नसकेको सम्बद्ध व्यवसायी बताउँछन् ।

Auto

कुनै पनि ब्राण्डका गाडीको डिलर्शसीप लिनुभन्दा अघि त्यसका लागि आवश्यक भौतिक पूर्वाधार आपैmले निर्माण गर्नु पर्ने भएकाले पनि खर्च बढी हुने लक्ष्मी ग्रूपका निर्देशक अञ्जन श्रेष्ठ बताउँछन् । ‘कुनै पनि ब्राण्डका दुइपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको डिलर्शसीप लिनुभन्दा अघि निर्माता कम्पनीले मुख्य शहरी क्षेत्रमा शोरुम, सर्भिसिङ सेन्टर बनाउन लगाउँछ,’ उनले भने, ‘त्यस्ता क्षेत्रमा आधुनिक खालका शोरुम, आधुनिक मेशिन ओैजार तथा सर्भिसिङ सेन्टर स्थापना गर्नका लागि मात्र करोडौ रुपैयाँ लगानी गर्नुपर्छ ।’

यस्तै डिस्टीव्युटर्स दिँदा कुनै पनि गाडी निर्माता कम्पनीले सिमित मापदण्ड बनाएका हुन्छन् । ठूला–सानाभन्दा पनि कम्पनीका मापदण्ड पुरा गर्नेले डिलर्सशीप लिन सक्छन् । यस्तै, निर्माता कम्पनीले डिलर्सशीप दिँदा सम्बन्धित कम्पनीको गुडवीलको बारेमा पनि अध्ययन गर्छ । जसले गर्दा अटोमोवाइल क्षेत्रमा ठूला व्यवसायीको प्रतिनिधित्व रहेको व्यवसायीहरु बताउँछन् ।

यस्तै, सवारीसाधन ल्याउनुभन्दा पहिला त्यसको पैसा तिुर्नपर्छ । एउटा सवारीसाधनको लाखौ रुपैयाँ अग्रीम रुपमा बुझाउनु पर्छ । अग्रीम पैसा तिरेर ल्याउनु पर्ने भएकाले पनि सो कार्यका लागि साना व्यवसायीले काम गर्न नसक्ने एक व्यवसायीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL