Logo

ग्लोबल आइएमई बैंकले आइएफसीबाट ऋण ल्याउने, तरलता व्यवस्थापनमा सहयोग

ग्लोबल आइएमई बैंकले आइएफसीबाट ऋण ल्याउने, तरलता व्यवस्थापनमा सहयोग



काठमाडौं । ग्लोबल आइएमई बै‌क र विश्व बैंक अन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम ( आइएफसी) बीच कर्जा लेनदेन सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका हुन् ।

नेपालमा पछिल्लो समयमा देखिएको वित्तीय तरलताको समाधानमा गर्न उक्त सम्झौताले सहयोग पुर्याउने बैंकले जानकारी दिएको छ ।

उक्त कर्जा सापटी सहमती नियमनकारी निकाय नेपाल राष्ट्र बंैकको स्वीकृति पश्चात लागु हुनेछ । त्यस्तै विश्व बैंक अन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) ले बै‌कलाई ग्लोबल ट्रेड फाइनन्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेकोे छ ।

हाल बैंकले १ सय २२ शाखा, १ सय २८ एटिएम, ४ एक्सटेन्सन काउण्टर १४ राजश्व संकलन काउण्टर ७९ शाखा रहित बैंकिङ माफर्त सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL