Logo

किन बढ्दै छ बीमा र माइक्रोफाइनान्सको सेयर मूल्य, यस्तो छ कारण ?

किन बढ्दै छ बीमा र माइक्रोफाइनान्सको सेयर मूल्य, यस्तो छ कारण ?



काडमाडौं । लामो समय निरन्तर ओरालो लागेको सेयर बजारलाई पछिल्लो समय बीमा र माइक्रोफाइनान्स समुहको परिसुचकले उच्च रुपमा बढाएका छन् । बजार निरन्तर ओरोलो लागिरहँदा बीमा र माइक्रोफाइनान्स समुहका परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको छ भने कारोबार रकमा पनि सोही अनुरुप बृद्धि भएको छ ।

नेप्सेमा बैंकिङ समुहको सबैभन्दा बढि प्रभाव भएपनि बीमा र माइक्रोफाइनान्स समुहको चलखेलले गर्दा बजारमा तीब्र उतारचढाव आएको छ । अघिल्लो हप्ता देखिनै बढ्न सुरु गरेको बीमा र माइक्रोफाइनान्स समुहको परिसुचकमा तेहेरो अंकको बृद्धि हुन थालेको छ ।

सोमबार करिब ३ सय अंकले बढेको बीमा समुहको परिसुचक मंगलबार १ बजेसम्म ३ सय ६० अंकभन्दा बढि बृद्धि भएको छ भने माइक्रोफाइनान्स समुहको परिसुचक पनि १ सय २० अंकभन्दा माथि बढ्न पुगेको छ ।

यसैगरी बजारमा कारोबार हुने मुख्य १० कम्पनीको सुचीमा पनि बीमा र माइक्रोफाइनान्स कम्पनीकै बाहुल्यता रहेको छ । सोमबार कुल १० कम्पनीमा ९ कम्पनी बीमा समुहकै रहेका थिए भने मंगलबार पनि १० मा ९ कम्पनी बीमा र मााइक्रोफाइनान्सका रहेका छन् ।

पछिल्लो समय केही लगानीकर्ताले बजारमा क्षणिक बृद्धिका लागि बीमा र माइक्रोफाइनान्स समुहको सेयरलाई प्रयोगमा ल्याएका एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले बजारमा सबैभन्दा कम सेयर बीमा र माइक्रोफाइनान्सको छ,’ ती लगानीकर्ताले भने, ‘तसर्थ केही लगानीकर्ताले सोही समुहको सेयर मूल्य बढाएर बजारमा चलखेल गर्न थालेका छन् ।’ बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको सेयर बजारमा सप्लाई धेरे भएकाले केही लगानीकर्ताले आफ्नो स्वार्थका लागि बीमा र माइक्रोफाइनान्सलाई प्रयोगमा ल्याएका हुन् ।

अघिल्लो हप्तासम्म बीमा कम्पनीले उच्च रुपमा प्रतिफलको घोषणा गर्दा पनि नबढेको सो समुहको परिसुचकमा अहिले सिमित लगानीकर्ताले साधारण लगानीकर्तालाई आकर्षण गरी बजारमा इन्ट्री गराउनका लागि बढाइरहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘गतहप्तासम्म उच्च रुपमा ओरालो लागेको बीमा र माइक्रोफाइनान्स समुहको परिसुचक विना कारण उकालो लागेको छ,’ ती लगानीकर्ताले भने, ‘यो क्षणिकका लागि हावा भरेको बेलुनजस्तो भएको छ हावा समिएपछि आफ्नौ साइजमा आउछ ।’ पछिल्लो समय वित्तीय अवस्था खराब रहेका बीमा कम्पनीहरुले उच्च हकप्रद घोषणा गर्दै झन लगानीकर्तालाई अन्यौलमा परेको सम्बद्ध लगानीकर्ताहरुको गुनासो छ ।

मंगलबार बजार बन्द हुँदा नेप्से परिसुचक ३३ दशमलब ६१ अंकले बढ्न पुग्यो । तर, बजारमा बढि प्रभाव रहेका बैंकिङ समुहको बृद्धि भने १२ अंक मात्र थियो । पछिल्लो हप्ता बजारमा परिसुचक बृद्धि तथा कारोबार रकममा बीमा र माइक्रोफाइनान्स समुहले नै कब्जा जमाएको छ ।
बजारमा व्यापार बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा विकास बैंक समुहको परिसुचक ३५ अंकले बढ्दा होटल समुह ८६, जलविद्युत समुहको परिसुचक ४० र उत्पादनमुलक समुहको परिसुचक ५४ अंकले बढेको छ ।

मंगलबार कारोबार रकम पनि बढ्दै ९५ करोड ४० लाख रुपैयाँ पुगेको छ । जसमा १ सय ६६ कम्पनीको १८ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । सबैभन्दा बढि सुर्या लाईफ इन्स्योरेन्सको करिब ६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL