Logo

हुवावेका २ नयाँ फोन बजारमा, एउटै मोवाइलमा ४ क्यामरा

हुवावेका २ नयाँ फोन बजारमा, एउटै मोवाइलमा ४ क्यामरा



काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी हुवावेले नेपालमा आफ्ना २ ओटा नयाँ सिरीजका फोन सार्वजनिक गरेको छ ।

कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गर्दै ‘वाइ ९ २०१८’ र ‘वाइ ७ प्रो २०१८’ सार्वजनिक गरेको हो ।

४ ओटा क्यामेरायुक्त सो फोनमा विभिन्न किसिमका सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सो फोनमा बोके ईफेक्ट, स्मार्ट फेस रिकग्नाइजर लगायत ३ जिवि र्याम र ३२ जिवि रोम रहेको छ ।
उक्त फोनमा मान्छेको अनुहार हेरेर अनलक हुने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

जसमा एउटै स्लटमा सीम तथा मेमोरी कार्ड राख्ने सुविधा रहेको छ ।यसका साथै सो फोनमा ४ हजार एमएएच क्षमताको व्याट्रि रहेको छ ।

तर अर्को फोन वाइ ७ प्रो मा भने ३ हजार एमएएच क्षमताको व्याट्रि रहेको छ भने ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ ।
यी २ ओटा फोनको नेपाली बजार मूल्य क्रमश २५ हजार ९ सय र २० हजार ९ सय रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL