Logo

चम्किदै अफ्रिका, बन्दैछ लगानीको हब

चम्किदै अफ्रिका, बन्दैछ लगानीको हब


बिजखबर संवाददाता
27
Shares

एक्काइसौं शताब्दिको सुरुवातपछि अफ्रिकाको अर्थव्यवस्था विश्वका आधा अन्य देशहरुको तुलनामा तिव्र रुपमा बढिरहेको छ । जनसङ्ख्याको वृद्धिदर अहिलेकै जस्तै कायम हुने हो भने अफ्रिका सन २०३० सम्ममा १ अर्व ७० करोड मानिसको वासस्थान हुनेछ ।

यसले त्यहाँको संयुक्त  उपभोक्ता तथा व्यवसायीक खर्च लगभग ६० खर्व ७० अर्व डलर बराबरले बढ्नेछ ।

सात बर्षअघि हार्भड विजनेस रिभ्युले अफ्रिका विश्वको एक ठुलो अवसरयुक्त महादेशका रुपमा उल्लेख गरेको थियो । तर अधिक व्यवसायिक वृद्धिका बावजुद पनि हालसम्म पश्चिमा देशहरुको मुख्य व्यापारिक केन्द« यो बन्न सकेको छैन ।

वास्तवमा सन् २०१४ र २०१६ को बीचमा अफ्रिकाको लागि अमेरीकाको निर्यात ३८ अर्ब डलरले घटेर २२ अर्ब डलरमा झरेको थियो ।

जबकी बेलायतको लगानी सन् २००५ र २०१४ को बीचमा दोब्बरले बढेर साढे ४ अर्ब २५ करोड पाउन्ड पुगेको थियो । जसमा २.५ प्रतिशत मात्रै बेलायतको निर्यात रहेको छ । यसका साथै पश्चिमी देशहरु अफ्रिकाको लगानीमा चीनभन्दा पछि परेका छन । चीनले सन् २००५ देखि २०१५ को बीचमा अफ्रीकामा लगानी ७ गुणाले बढाएर १ खर्ब ३ अर्ब डलर पुर्याएको छ ।

पश्चिमी व्यवसायीहरुले अफ्रिकाको विकास सम्भावनाका लागि हरेक जिल्ला तथा क्षेत्रमा थप मेहेनत गर्न जरुरी देखिन्छ । सन् २०३० सम्ममा अफ्रिकाको आधाजति जनसंख्या नाइजेरीया, इथियोपीया, कङ्गो लगायतका सात वटा देशमा रहनेछन । यसका साथै यहाँका ४३ प्रतिशत बासिन्दाहरु मध्यम र उच्च वर्गमा पर्नेछन । यहाँको बस्तु तथा सेवाको माग सन् २०१३ को भन्दा ३९.५ प्रतिशतले बढेर सन् २०१५ मा ११ खर्ब डलर रहेकोमा सन २०३० सम्ममा २५ खर्ब पुग्नेछ ।

अफ्रिकामा सन् २०३० सम्म खाद्य तथा पेयपदार्थ, शिक्षा, यातायात लगायतको क्षेत्रमा अधिक मात्रामा मुल्य वृद्धि हुने देखिन्छ । जसमध्ये अधिकतम मूल्यवृद्धिको भाग अफ्रिकन युनियनमा सामेल हुनेछ । जसले वस्तु तथा सेवाको आगमनका लागि प्रादेशीक निःशुल्क ट्रेड क्षेत्रमार्फत सहजता ल्याउनेछ । प्रादेशीक निःशुल्क व्यापारीक क्षेत्रमा कनेक्टिभिटी वृद्धि गर्नुपर्ने छ, जसका कारण त्यहाँसुचना तथा सञ्चार, पुर्वाधार तथा यातायातको क्षेत्रमा लगानी गर्न प्रशस्तै मात्रामा अवसर सिर्जना हुनेछन ।

यसका लागि ‘अफ्रिकन विकास बैंक’ले पुर्वाधार निर्माणमा लगानीकर्तालाइ सहयोग गर्न सक्नेछ । यसका साथै एउटा अर्को महत्वपुर्ण कुरा भनेको अहिलेदेखि सन २०३० सम्म अफ्रीकाको व्यापार हो जुन २०१५ को १६ खर्व बाट ४२ खर्वसम्म पुग्नेछ । यसैगरी यहाँका ठुला परियोजना तथा लगानीका क्षेत्रहरु कृषी, निर्माण, संरचना रहेका छन । अफ्रिकामा मुख्यतया कृषि क्षेत्रमा लगानी गर्न सकिने छ । किनकी यहाँको कुल घरेलू खर्चको सबैभन्दा ठुलो हिस्सा खाना तथा पेयपदार्थमा रहेको छ ।
अफ्रिकामा विश्वको कुल उर्बरभुमीमध्ये ६० प्रतिशत जमिन उपयोगविहीन छ , जुन विश्वभरिमै कृषि निर्यातको एकमात्र भाग हो । जसअनुसार यहाँ कृषिमा लगानी गर्नुपर्ने धेरै बाटा छन । किनकी भोकमरीको ठुलो मात्रा अहिले पनि अफ्रिकामा रहिआएको छ ।

लगानीकर्ताले मेसीनरी, पानी तथा सिचाइ प्रणाली आदिमा लगानी गरी कृषि क्षेत्रमा, सार्वजनिक स्वामित्वमा योगदान पुर्याउन सक्नेछन ।

हार्भड विजनेस रिभ्युका अनुसार अफ्रिकासंग विश्वकै दोस्रो ठुलो उत्पादनमुलक निर्माण केन्द्र बनाउन सक्ने क्षमता छ । चीन सन २०३० सम्ममा ८५ करोडदेखि १ अर्बसम्म न्युन मूल्य, श्रम सहुलियत निर्माण गुमाउनेछ । अफ्रिकाले त्यसको बढि भाग आफुमा सिमित पार्नेछ । यसले व्यापार देखि व्यवसाय खर्चभन्दा  निर्माण किन दोस्रो ठुलो क्षेत्र हो भनि व्याख्या गर्न मद्धत पुग्नेछ । अर्को कारण के हो भने धेरैजसो अफ्रिकाका निर्माण जस्तै अटोमोबाइल, यातायातका सामान लगायतको प्रतिस्पर्धा विश्वस्तरिय छ । दक्षिण अफ्रिका, इजिप्ट र नाइजेरीयाले यस्ता क्षेत्रमा लगानी गर्ने वाचा गरेका छन । यसका साथै लगानीकर्तालाई मोरक्को, इथियोपिया र रुवान्डामा अनुकुल व्यवसायको वातावरण सिर्जना हुनेछ ।

अफ्रिकाबाट पश्चिमी व्यवसायीहरुले ठुलो लाभ लिन सक्नेछन । उनीहरुले यहाँ लगानी गर्न आवश्यक छ । यहाँ चीनको पहिल्यै देखि लगानी रहेको छ । उक्त क्षेत्रमा व्यापार गर्नाले यहाँको दिगो विकास हुने र दिगो रोजगारीको अवस्था सिर्जना भई गरीबी र भोकमरी हटाउने संयुक्त राष्ट्रसंघको उद्देश्यलाई बढावा पुग्नेछ ।  यसका साथै दिगो विकास आयोगले आफ्नो लक्ष्यलाइ पछ्याउन बजार लागत खर्बौंले बढाउन सक्नेछ । –एजेन्सी

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL