Logo

आर्थिक वृद्धि ५ प्रतिशतमात्रै, वैदेशिक सहायतामा भने व्यापक वृद्धि

आर्थिक वृद्धि ५ प्रतिशतमात्रै, वैदेशिक सहायतामा भने व्यापक वृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ फागुन, काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटको मध्यावधिक समीक्षा गरेको छ । अर्थमन्त्रालयमा गरिएको सो समीक्षामा देशको आर्थिक बृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहने अर्थमन्त्री डा. रामशरण महतले बताए । ‘यस आवको आर्थिक बृद्धिदर ६ प्रतिशत हुने भनिएको थियो, उनले भने, ‘देशको कुल ग्राह्स्थ्यमा प्रभावपार्ने कृषि क्षेत्रको बृद्धिदर घटेकोले आर्थिक बृद्धिमा समेत असर पर्ने गयो ।’ तर, विगत ६ वर्ष यता देशको आर्थिक बृद्धिदर ५ प्रतिशत रहेको भन्दै खुशी व्यक्त गरे ।

चालू आवमा मुद्रास्फीति लक्ष्यभन्दा कम नै रहने देखिएको छ । सरकारले यस वर्षको मुद्रास्फीतिको ८ प्रतिशत रहने अनुमान गरेको थियो । तर, मध्यावधिको समिक्षा अविधमा आइपुग्दा औसतमा ७ दशमलव ३ प्रतिशतमात्र रहने देखिएको छ । गत वर्ष मुद्रास्फीति १० प्रतिशत रहेको थियो ।

गत वर्षको तुलनामा पूँजीगत बढेपनि लक्ष्य अनुरुप खर्च हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । यस्तै, देशको व्यापार घाटा उच्च रुपमा बढेको भन्दै त्यसतर्फ चासो व्यक्त गरेका छन् । तर, पछिल्लो समय देशमा वैदेशिक सहायताको प्रतिवद्धता उच्च रुपमा बढेको भन्दै देशको लागि यो एकदमै खुशीको कुरा भएको बताएका छन् ।

समीक्षा कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्य डा. गोविन्दप्रसाद पोखरेलले सम्बन्धित मन्त्रालयका कारण पूँजीगत खर्च समयमै हुन नसेकेको बताए । ‘मन्त्रालयलहरुले ढिला गरी योजना बनाएर स्वीकृतिका लागि आउँछन्,’ उनले भने ‘सम्बन्धित मन्त्रालयबाटै ढिला योजना आएपनि योजना आयोगले मात्र चाडो गरेर हुँदैन ।’

ramsharan-mahart-budget

पूँजीगत खर्च अपेक्षाकृत हुन सकेन

यस वर्षपनि पूँजीगत खर्च अपेक्षा अनुसार नहुने देखिएको छ । चालू आवको ६ महिनाका जम्मा १ खर्व ६१ अर्व ८४ करोड रुपैयाँ मात्र खर्च भएको छ । यो कुल रकमको २६ दशमलव २० प्रतिशत मात्र हो । पूँजीगत खर्च एकदमै कम भएको भन्दै अर्थमन्त्री डा. महतले आफु मातहतमा निकायलाई सो खर्च बढाउन दिर्नेशन दिएका छन् । तर, आवको तुलनामा सो खर्च २८ प्रतिशतले बढेको अर्थमन्त्रालयको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

व्यापार घाटा ७ सय अर्व पुग्ने

चालू आर्थिक वर्षमा व्यापार घाटा उच्च रुपमा बढ्ने देखिएको छ । यस आवको कुल व्यापार घाटा ७ खर्च रुपैयाँभन्दा बढी हुने सरकारको अर्धवार्षिक समीक्षाले देखाएको छ । चालू आवको ६ महिनामा ३ खर्व ३४ अर्व रुपैयाँ ८० करोड रुपैयाँ व्यापार घाटा रहेको छ । सो व्यापार घाटालाई न्युनिकरण गर्नका लागि आन्तरिक उत्पादनका बढवा दिनुका साथै निर्यातजन्य उत्पादनलाई प्रोत्साहन दिनुपर्ने अर्थमन्त्री डा. महतले बताए ।

वैदेशिक सहायता ४ गुणाले बढ्यो

चालू आवको ६ महिनामा वैदेशिक सहायता ४ गुणाले बढेको छ । सो अवधिमा २ खर्व १७ अर्व ६७ करोड रुपैयाँको वैदेशिक सहायताको प्रतिवद्धता आएको छ । गत आवको सोही अवधिमा ५५ अर्व २९ करोड रुपैयाँको मात्र वैदेशिक सहायताको प्रतिवद्धता आएको छ । पछिल्लो सयम विदेशी दातृनिकायहरुको नेपाल प्रतिको विश्वास बढ्दै गएकाले वैदेशिक लगानी आउने क्रम बढेको अर्थमन्त्री डा. महतले जानकारी दिए ।

वैदेशिक सहायता परिचालन हुन सकेन

नेपालमा वैदेशिक सहायताको प्रतिवद्धता बढेपनि सोको तुलनामा खर्च भने एकदमै न्युन रहेको छ । वैदेशिक सहकायता तर्फ चालू आवमा कुल १ खर्व २२ अर्व ९१ करोड रुपैयाँ विनियोजन भएको थियो । तर, त्यसमध्ये अनुदान तर्फ ८ दशमलव ४१ प्रतिशत खर्च भएको छ भने ऋण तर्फ ४ दशमलव ९ प्रतिशत रकम मात्र खर्च भएको छ । कतिपय अवस्थामा सोझै भुक्तानी र वस्तुगत सहयातको रकम समावेश नभएपनि वैदेशिक सहायता परिचालन एकदमै कमजोर रहेको महतले जानकारी दिए ।

राजस्व उठौति लक्ष्यभन्दा बढी

यस आवको पहिलो ६ महिनामा राजस्व उठौतिदर भने लक्ष्यभन्दा बढी रहेको छ । समिक्षा अवधिमा १ खर्ब ५८ अर्व ४८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा १ खर्व ९० अर्व ५२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा २ दशमलव ७२ प्रतिशत बढी हो ।

कुल बजेटको ९२ प्रतिशत रकम खर्च हुने

चालू आवमा कुन विनियोजित रहकको ९२ दशमलव ६३ प्रतिशत रकम खर्च हुने देखिएको छ । जस अनुसार ५ खर्व ५८ अर्व ४३ करोड रुपैयाँ खर्च हुने अर्थमन्त्रालयले अनुमान गरेको छ । गत आवमा कुल विनियोजित बजेटको ८२ प्रतिशत रकम खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL