Logo

रुखै रुखले छोपिएको यस्तो अपार्टमेन्ट, बिजुली पनि रुखबाटै हुन्छ उत्पादन

रुखै रुखले छोपिएको यस्तो अपार्टमेन्ट, बिजुली पनि रुखबाटै हुन्छ उत्पादन


बिजखबर संवाददाता
27
Shares

‘ग्लोवल वार्मिङ बढीरहेको अहिलेको अवस्थामा विश्वमा हरियालीको ‘कन्सेप्ट’ विस्तारै विकशित हुँदै गएको छ । विश्वका केही वास्तुशास्त्रीहरुले त रुख तथा बोटविरुवालाई प्रयोग गरेर भवन तथा अन्य पूर्वाधारहरु निर्माण गर्न थालिसकेका छन् ।

यसैक्रममा इजिप्टको कायरोमा एउटा यस्तो अपार्टमेन्ट निर्माणाधिन अवस्थामा छ । विनसेन्ट सलेबाउट आर्किटेक्चरहरुद्धारा निर्माणाधिन उक्त कार्यलय परिसरमा नौवटा वेलनाकार संरचना रहेका छन् जुन रुखले छोपिने छन् । जसलाई डिजाइनरहरुले ‘मेगा ट्रिज’ नाम दिएका छन् । सो अपार्टमेन्टमा आवश्यक विजुली रुख तथा हावाबाट नै उत्पादन गरिने छ ।

आर्किटेक्चर सलेवाउटका अनुसार सन् २०१४ बाट शुरु भएको सो संरचना सन २०१९ मा सम्पन्न हुने छ ।

यस्ता देखिनेछन् भबिष्यको कार्यलय परिसर

कायरोको हेलीपोलिस जिल्लामा बनिरहेको सो गेट ४.८ लाख बर्ग फुटमा निर्माण भइरहेको छ । यस परियोजनालाइ स्थानीय विकाशकर्ता अबराज मिश्रले शुरु गरेका हुन् । परिसरको आकार दिनलाइ आठओटा भवन एकअर्कासंग टाँसिने छन् । आठैओटा भवनका माथिल्ला तल्लाहरुलाई पुलको माध्यमबाट जोडिने छ, जहाँबाट मानिसहरु सजिलै आवतजावत गर्न सक्नेछन् ।

अझै रोक कुरा छ उक्त तल्लाहरुमा खेलमैदान तथा सानो तरकारी र फलफुलको बगैँचा पनि राखिने छ । त्यहाँ एउटा अनन्त पौडी पोखरी पनि हुनेछ । गेटमा कार्यलयका तिन तल्ला समावेश गरिने छन् । तिन तल्लाको सपिङ मलमा ४ तहको अन्डरग्राउन्ड पार्किङ तथा १ हजार ओटा ‘स्मार्ट’ अपार्टमेन्टहरु हुनेछन् ।

प्रत्येक आवास मोसन सेन्सर जडित हुनेछन्, जसले घरमा मान्छे भएको बेला आवासको तापमान तथा बत्तिहरु समायोजित हुन मद्धत पुर्याउने छ ।

त्यस्तै आन्तरिक विशेषतामा नौ वटा मेगा ट्रिज तथा बेलनाकार जिवन्त भित्ताहरु रहनेछन्, जसले प्राकृतिक भन्टिलेशन प्रदान गर्नुका साथै कार्बनडाइअक्साइड लिने काम गर्दछ । भवनहरु आंशिक रुपमा सोलार र हावाबाट संचालित हुनेछन् ।

वेल्जीयन आर्किटेक्ट सेलेवाउट हरियालिपुपर्ण संरचना डिजाइनरका रुपमा प्रख्यात छन् । उनी ‘गेटलाइ’ दिगो भविष्यको एक सानो कदममा रुपमा लिन्छन् ।

सेलेवाउटका अरु परियोजना हरुमा बु्रसेल्समा औद्योगिक क्षेत्र सुधारने मास्टरप्लान, वेल्जीयमलाइ लक्जरि आवास द्धारा जोड्ने, रेष्टुराँ, पसल, कार्यालय तथा हरितगृह रहेका छन् । उनको उक्त परियोजनाको फर्म फेबु्रअरिमा स्थानिय सरकारलाइ समिक्षाको लागि पेश गरिएको थियो । उक्त ग्रुप हाल कोरियाको सियोलमा मान्टा रे आकारको फेरि टर्मिनल मा काम गर्दै छन् । यसका लागि जूनमा उक्त डिजाइनको अनावरण गरिएको हो जसलाइ उनिहरुले यसलाइ पनि रुखमा छोप्ने निर्णय गरेका छन् ।


सेलेवाउटका अनुसार यस परियोजनाको मुख्य उद्देश्य पृथ्वीमा हरित प्रभावलाइ दिगो वनाइ ‘ग्लोवल वार्मिङ’बिरुद्ध लड्नु हो ।

प्रतिक्रिया दिनुहोस्
MBL