Logo

यूटीएलका कर्मचारी पुनः आन्दोलनमा, माग सम्बोधन गर्न व्यवस्थापनलाई तीन दिने अल्टिमेटम

यूटीएलका कर्मचारी पुनः आन्दोलनमा, माग सम्बोधन गर्न व्यवस्थापनलाई तीन दिने अल्टिमेटम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
४ फागुन, काठमाडौं । यूनाईटेड टेलिकम लिमिटेड (यूटीएल)का कर्मचारीहरु पुनः आन्दोलनमा उत्रने भएका छन् । व्यवस्थापनले आफूस“ग भएको सहमती कार्यन्वयन नगरेको तथा माग पुरा गर्ने सम्बन्धमा चासो नदेखाएको भन्दै कर्मचारीहरु पुनः आन्दोलनमा जाने भएका हुन् ।

utl logo

यूटीएल व्यवस्थापन र कर्मचारीबीच एक महिना अघि भएको ३ बुदें सहमती कार्यन्वयन नभएको तथा आफ्ना माग पुरा गर्ने सम्बन्धमा व्यवस्थापन मौन रहेकोले पुनः आन्दोलनका तयारी थालिएको अखिल नेपाल संघ संस्था तथा बैंक वित्तीय श्रमिक संघ, यूटीएलका अध्यक्ष विकास कुमार झाले बताए ।

संघले सोमवार यूटीएलको केन्द्रिय कार्यालयमै पत्रकार सम्मेलन गरी व्यवस्थापनलाई सहमती कार्यन्वयन तथा माग पुरा गर्न तीन दिने अल्टिमेटम दिएको छ । तीन दिन भित्र समेत मागका बारेमा कुनै सकारात्मक सम्बोधन नभए सेवा अवरुद्ध गर्नेलगायतका आन्दोलनमा उत्रने उनले बताए ।
कर्मचारीहरुले प्रति महिना १५ हजार तलव वृद्धि गर्नुपर्ने, नियुक्ती पत्र दिनुपर्ने, कम्पनीको कर्मचारी सम्बन्धी निर्णयमा संगठनको प्रतिनिधि सहभागी गराईनुपर्ने, बढुवाको व्यवस्था गर्नुपर्ने, यातायातलगायत सुविधा दिनुपर्नेलगायत विभिन्न १४ बुंदे माग गत असारमै व्यवस्थापनसमक्ष राखेका थिए । तर, व्यवस्थापनले त्यसप्रति कुनै चासो नदेखाएको भन्दै कर्मचारीहरु पुसदेखि आन्दोलनमा उत्रिएका हुन् ।

utl karmachai

तलब वृद्धिलगायत विभिन्न १४ बुदें माग सहित आन्दोलनमा उत्रिएका कर्मचारी र व्यवस्थापनबीच एक साताभित्रै माग पुर गर्ने गरी माघ १ गते ३ बुदें सहमती भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी युनियनको रहोवरमा भएको वार्तामा व्यवस्थापन र कर्मचारीबीच माग पुरा गर्ने, आन्दोलन रोक्ने र दोषारोपण नगर्ने सहमती भएको थियो । तर, सहमती भएको एक महिना वितिसक्दा समेत व्यवस्थापनले माग सम्बोधन गर्ने विषयमा कुनै चासो नदिएपछि कर्मचारीहरु पुनः आन्दोलनमा जाने तयारीमा जुटेको उनले बताए । ‘सहमती भएको एक महिना बित्दा समेत माग सम्बोधनको कुनै पहल देखिएन’ उनले भने, ‘अब तीन भित्र मागका बारेमा कुनै सम्बोधन नआए आन्दोलनमा उत्रनुको विकल्प छैन ।’

यसअघिनै व्यवस्थापनले कर्मचारीको आन्दोलन विरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्धा हालेको छ । पुनरावेदन अदालतले आन्तरिम आदेश दिदै आन्दोलन गर्न नमिल्ने (निषेधआज्ञा) जारी गरेको थियो ।

कर्मचारी कटौंतीको माग

उता यूटीएलले भने कर्मचारी कटौंती गर्न स्वकृति माग गरेको छ । कम्पनीले फागुन १ गते श्रम कार्यालयमा पत्र काटी कर्मचारी कटौंतीको स्वीकृति दिन माग गरेको हो । यसअघि पनि गत असोज १४ गते यूटीएलले कर्मचारी कटौंतीको लागि स्वीकृति माग गर्दै निवेदन दिएको थियो । श्रम कार्यालयमा पठाइएको पछिल्लो निवेदनमा कर्मचारी कटौंतीको स्वीकृति पा“च महिनासम्म नदिनु कानुसम्मत नभएको बताएको छ ।

 यूटीएलका बारेमा

हाल यूटीएलमा ५६ जना प्राविधिक सहित १ सय २ जना कर्मचारी रहेका छन् । यूटीएलले अहिले युटिएलले ताररहित डब्लुएलएल प्रविधिबाट सेवा दिन पाउने गरी ०५९ मा लाइसेन्स लिएको थियो । कम्पनीले ०६२ बाट सिडिएमए मोबाइल सेवा पनि सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा युटिएलले प्रभावकारी रूपमा सेवा विस्तार गर्न सकेको छैन ।

यूनीफाईड लाइसेन्स लिन ढिलाई

सरकारले मापदण्ड पुरा गरेको भन्दै यूटीएल र स्मार्टलाई दूरसञ्चारको एकीकृत अनुमतिपत्र (यूनिफइड लाईसेन्स) दिने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार स्मार्टले अनुमति लिइसकेको छ । तर, यूटीएलले भने अझैसम्म लाईसेन्स लिएको छैन । युटिएलले युनिफाईड लाईसेन्सका लागि प्राधिकरण्ँमा आवेदन दिएर १० लाख रुपिया“ अग्रिम भुक्तानी समेत बुझाएको थियो । तर, आवश्यक थप २५ करोड ७५ लाख तिरेर उसले लाईसेन्स लिनुपर्नेमा त्यसप्रति कुनै चासो देखाएको छैन । एकातर्फ पाएको लाईसेन्स समेत नलिने तथा सेवा विस्तार समेत नगर्ने र अर्कातर्फ कर्मचारीको सेवा सुविधा वृद्धितर्फ समेत ध्यान नदिएपछि कर्मचारीहरु कम्पनीप्रति ससंकित बन्दै गएका छन् । यद्यपी, यूटीएलले करीब तीन साता अघि प्राधिकरणलाई पत्र पठाई युनीफाईड लाईसेन्स लिनका लागि आफुले तयारी गरिरहेको जनाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL