Logo

नेपालको वैदेशिक रोजगारी, ५ महिनामा साढे १ हजार जना ठगिए

नेपालको वैदेशिक रोजगारी, ५ महिनामा साढे १ हजार जना ठगिए


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३ फागुन, काठमाडौं । वैदेशिक रोजारीमा जाने कामदार ठगिने क्रम बढेको छ । चालू आवको पहिलो ५ महिनामा १ हजार ४ सय ८४ वटा ठगीका उजुरी परेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेपनि कामदार ठगिने क्रम भने झन बढेको सरोकारवालाहरु बताउँछन् ।

विभागको तथ्याङक अनुसार पछिल्लो समय व्यक्तिगत भन्दा पनि संस्थागत ठगी बढेको छ । जस अनुसार व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने कामदार भन्दा पनि म्यानपार कम्पनीमार्फत रोजगारीमा गएका कामदार ठगिने क्रम बढेको छ ।

चालू आवको पुस मसान्तसम्म संस्थागत रुपमा ९ स ८२ जना कामदार ठगिएका छन् । कतिपय म्यानपावर व्यवसायीले कामदारसँग बढी पैसा लिने तर भनेको काममा नपठाएर ठग्ने गरेको सम्बन्ध व्यवसायीहरु नै बताउँछन् । कतिपय म्यानपार व्यवसायीले कामदारलाई सम्बन्धित देशमा पुर्याएर अलपत्र पार्ने क्रम समेत बढेको छ । त्यसरी अलपत्र परेका कामदार फर्केर आएपछि विभागमा उजुरी दिने गरेकाले पनि संस्थागत गठी बढेको विभाग स्रोतको भनाइ छ ।

सो अवधिमा व्यक्तिगतरुपमा भने ५ सय जना कामदार ठगिन पुगेका छन् । कतिपय एजेन्टहरुले विकशित मुलुकमा बढी तलव पाइने आश देखाएर कामदारसँग मोटो रकम उठाएर भाग्ने गरेको हुनाले त्यस्ता ठगी बढेको विभागले जानकारी दिएको छ । व्यक्तिगत रुपमा ठगिनेमा जापान, अमेरिका, कोरिया, इजरायलजस्ता देशमा पठाइने भन्दै ठगी गरेको उजुरी गरेको विभाग स्रोतको भनाई छ । त्यसरी एजेन्टले एउटै कामदारसँग १० लाख रुपैयाँभन्दा बढी ठगी गरेका छन् ।

विभागको तथ्याङ्क अनुसार सो अवधिमा कामदारको ३७ करोड ९७ लाख रुपैयाँ बढी भएको छ । सोमध्ये ७ करोड ३२ लाख रुपैयाँ फरफारक भएको छ । सो अवधिमा विभागले १० करोड ५६ लाख विगो दावी सहित ७४ वटा मुद्दा वैदेशिक रोजगार न्यायधिकरणमा पेश गरेको छ । हाल विभागले २० वटा म्यानपावर कम्पनीलको भने कारोवार रोक्का गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL