Logo

‘ब्ल्याक फ्राइडे’को कमाल, बेजोस बने एक सय खर्बका मालिक

‘ब्ल्याक फ्राइडे’को कमाल, बेजोस बने एक सय खर्बका मालिक


बिजखबर संवाददाता
27
Shares

‘ब्ल्याक फ्राइडे’को हावा  शुक्रबार नेपालसम्म फैलियो । चल्तीका केहि अनलाइनले सस्तोमा अनलाइन सामान उपलब्ध गराएको विज्ञापन पनि गरे । कतिको विक्रि भयो त्यसको आधिकारीकता त छैन तर विश्वभर ब्ल्याक फ्राइडेको माहोलले पनि ग्राहकलाई निकै ततायो । यस्तोमा विश्वकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अमेजनलाई लाभ नहुने कुरै भएन ।

ब्ल्याक फ्राइडेले अमेजनका मालिक जेफ बेजोसलाई शुक्रबार मात्रै करिब दुई खर्ब ५० अर्ब रुपैयाँ सम्पत्ति जोडिदियो । यतिमात्र होइन, ब्लुमबर्गका अनुसार बेजोस एक सय खर्ब सम्पत्तिका मालिक पनि बन्न पुगेका छन् ।

बिल गेट्स पछि १४ अंकको व्यक्तिगत सम्पत्ति हुने बेजोस विश्वकै दोस्रो व्यक्ति पनि भएका छन् । यसअघि गेट्स सन् १९९९ मा पहिलोपटक एक सय खर्बको सम्पत्तिका धनी व्यक्ति बन्न सफल भएका थिए ।

                                                                            बेजोसको बढ्दो सम्पत्तिको तथ्यांक

ब्ल्याक फ्राइडेको बिक्रिले अमेजनको सेयर मूल्य पनि दुई प्रतिशत बढेको छ ।

ब्लुमबर्गको विश्वकै धनी व्यक्तिको सुचीमा पहिलो स्थानमा रहेका बेजोसको सम्पत्ति यस बर्षमात्रै अहिलेसम्म ३२ खर्ब रुपैयाँले बढेको छ ।

अमेजनको सम्पत्तिमात्रै यो हप्ता पाँच प्रतिशतले बढेको छ । बेजोसको सम्पत्ति बढेसँगै उनले यसलाई के गर्छन् भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
बेजोसले गत जुनमा मात्रै एउटा ट्वीटमार्फत मानिसहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सुझाव माग गरेका थिए । उनले गत अप्रिलमा मात्रै हरेक बर्ष अमेजनको एक खर्ब बराबरको  स्टक ब्लु ओरिजिन नामक आफ्नो अर्को कम्पनीको भवन निर्माणका लागि बिक्रि गर्ने गरेको सार्वजनिक गरेका थिए  ।

ब्लुमबर्गकै अनुसार बिल गेट्सले च्यारिटीका लागि खर्च नगरेको भए अहिलेसम्म उनी एक सय ५० खर्ब सम्पत्तिका मालिकका रुपमा रहन्थे ।  -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL