Logo

अर्थसमितिमा कालोधनको वारेमा छलफल हुँदै, अर्थमन्त्री र गर्भनरलाई पनि बोलायो

अर्थसमितिमा कालोधनको वारेमा छलफल हुँदै, अर्थमन्त्री र गर्भनरलाई पनि बोलायो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

अर्थ समितिले आगामी बैंठकमा स्वीस बैंकमा रहेको नेपालीको पैसा बारे छलफल गर्ने भएको छ । समितिले यही फागुन ३ गते बस्ने बैंठकमा अर्थ मन्त्री डा. रामशरण महत र गर्भनर युवराज खतिवडालाई नै बोलाएर छलफल गरिने भएको छ ।

केही समय अघि आइएससीआईले स्वीट्जरल्याण्डको एचएसवीसी वैंककमा नेपालीको ५ करोड ४० लाख अमेरिकी डलर कालोधन रहेको सार्वजनिक गरेको थियो । बैंठमा व्यवसायी अजय सुमार्गीको चर्चा चलेपछि नेपाल राष्ट्र बैंकले केही समय अघि रोकेको उनको साढे ३ अर्व रुपैयाँको विषयमा पनि समितिले सरकारसँग जानकारी लिने भएको छ ।

समितिको शुक्रबार वसेको बैंठकले केही समय अघि पुराना सवारीसाधन व्यवस्थापन सम्बन्धी दिएको निर्देशन तत्काल कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिएको छ । समितिको आजको बैंठकले उक्त निर्देशन तत्काल कार्यान्वयनमा ल्याएर सो को प्रगतिविवरण १५ दिनभित्र पेश गर्न समेत दिर्नेशन दिएको छ ।

यस्तै, समितिले सरकारी पदाधिकारीको सवारी व्यवस्थापन र उनीहरुले सवारीसाधनको दुरुपयोग गरिरहेका सम्बन्धमा पनि तत्काला जानकारी गराउन निर्देशन दिएको छ । त्यसैगरी, उपत्यका वाहिर भएका सार्वजनिक सवारीसाधनको लिलाम प्रक्रियामा अघि बढाउनु पर्ने भएमा सो सम्बन्धमा जानकारी गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

समितिले सरकारी निकाय, सार्वजनिक संस्थानका नाममा रहेका सवारीसाधनको वितरण, प्रयोगकर्ता तथा अनधिकृति रुपमा प्रयोग गर्दै आएको भए सो विषयमा पनि १ महिनाभित्र सो विषयको जानकारी पेश गर्न निर्देशन दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL