Logo

यस्ता देश जहाँ आयकर नै तिर्नुपर्दैन !

यस्ता देश जहाँ आयकर नै तिर्नुपर्दैन !


बिजखबर संवाददाता
27
Shares

‘कर तिर्नुको नागरिकको दायित्व हो’ । राज्य सञ्चालनका लागि यो विश्वव्यापी मान्यता नै बनिसकेको छ । यहिं मान्यताले विभिन्न देशले आफ्नो नियम अनुसार कर निर्धारण गर्छ । नेपालमा मूल्य अभिवृद्धि कर, आयकर, शिक्षा सेवा कर, घर बहाल करजस्ता करका दायरा प्रचलनमा छन् । आयकर नेपाल सरकारले प्राप्त गर्ने महत्वपूर्ण राजस्वको हिस्सा बनिसकेको छ । तर केहि यस्ता देश छन्, जहाँका जनतो आम्दानी बापत लिइने यस्तो करको भार व्यहोर्नुपर्दैन ।

संयुक्त अरब इमिरेट्स(युएई)
युएई विश्वमै धेरै प्रति व्यक्ति आय भएको देशमा पर्छ । तर यहाँका जनताले आयकर र पूँजीगत लाभकर भने सरकारलाई तिर्नुपर्दैन । युएईको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)को ३० प्रतिशत सोझै तेल र ग्यासबाट प्राप्त हुन्छ ।

ओमन
अर्को खाडी मुलुक ओमनको अर्थतन्त्र पनि तेल नै धानेको छ । यहाँका नागरिकले पनि आयकर र पूँजीगत लाभकर तिर्नुपर्दैन तर सामाजिक सुरक्षा करको नियम भने यहाँ कार्यान्वयनमा छ ।

कतार
कतार विश्वकै सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको मुलुक हो । यसको आम्दानीको मुख्य स्रोत पनि तेल र ग्यास नै हो । व्यक्तिगत आम्दानीमा कर लगाउने प्रचलन यहाँ पनि छैन । ओमनमा जस्तै सामाजिक सुरक्षा कर भने कतारका नागरिकले तिर्नुपर्छ ।

साउदी अरब
विश्वकै सबैभन्दा धेरै तेल निर्यातकर्ता साउदी अरबमा पनि आयकरको व्यवस्था छैन । सामाजिक सुुरक्षा र पूँजीगत लाभकर भने नागरिकका लागि अनिवार्य गरिएको छ ।

बेहमास
धनी क्यारेबीयन मुलुकको सुचीमा पर्छ बेहमास । अफसोर बैङ्किङ् र पर्यटनमा आधारीत यहाँको अर्थतन्त्रले जनताबाट आयकर माग गर्दैन । तर आयातबापतको शूल्क, राष्ट्रिय बिमा तथा सम्पत्तिमा भने कर लगाइएको छ । सरकारको ७० प्रतिशतभन्दा बढी राजस्व आयातमा लगाइएको करबाटै प्राप्त हुन्छ ।

केमन आइल्याण्ड
अफसोरको केन्द्र मानिने केमन आइल्याण्ड आयकर र पूँजीगत लाभकर तिर्नु नपर्ने स्वर्गभूमिका रुपमा परिचित छ । सामाजिक सुरक्षा कर पनि यहाँ अनिवार्य छैन । आयातबापत भने यहाँ कर लगाइन्छ ।

कुवेत
खाडी मुलुक कुवेतमा पनि आयकरको व्यवस्था छैन तर सामाजिक सुरक्षाका लागि भने नागरिकले अनिवार्य रकम दाखिला गर्नुपर्छ । विश्वमा सबैभन्दा धेरै तेल निर्यात गर्ने छैटौं मुलुकमा पर्ने कुवेतले तेल निर्यातबाट प्राप्त गर्ने आम्दानी कुल जीडीपीको आधा बराबर छ ।

ब्रुनाई
ब्रुनाई मात्र एउटा यस्तो एसियाली देश हो जसले आयकर उठाउँदैनन् । तर नागरिकले सामाजिक सुरक्षाका लागि पैसा भने तिर्नुपर्छ । ग्यास र तेल नै यसको आम्दानीको स्रोत हो ।

बहराइन
आयकरकै व्यवस्था नभएपनि बहराइनमा नागरिकले आफ्नो आम्दानी बापतको ७ प्रतिशत सामाजिक सुरक्षाका लागि दाखिला गर्नुपर्छ । घर बहाल कर र स्ट्याम्प ड्युटी यहाँ कार्यान्वयनमा छ ।

बर्मुडा
अफसोर हबका रुपमा रहेको बर्मुडा पर्यटकीय गन्तव्य पनि हो । यहाँ आयकरको व्यवस्था छैन । बस्नका लागि विश्वकै महङ्गो मध्यको एक बर्मुडामा सामाजिक सुरक्षा, सम्पत्ति र भन्सा राजस्व भने लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL