Logo

२९ गतेदेखि सिमटिभी औपचारिकरुपमा शुरु, सञ्चारमन्त्रीले गरे स्थलगत भ्रमण

२९ गतेदेखि सिमटिभी औपचारिकरुपमा शुरु, सञ्चारमन्त्रीले गरे स्थलगत भ्रमण


रामराजा श्रेष्ठ
0
Shares

बिजखजबर संवाददाता

२० माघ, काठमाडौं । सिम्पल मिडिया नेटवर्क (सिमटिभी)ले यही माघ २९ गतेदेखि व्यवसायिक शुरुवात गर्ने भएको छ । कम्पनीले सो दिनदेखि डिजीटल केवलसेवालाई व्यवसायिक रुपमा अघि बढाउने भएको छ । मंगलबार कम्पनीमा आयोजित कार्यक्रममा सिमटिभीका प्रवन्ध निर्देशक रमेश एमके पौडेलले सो कुरा बताएका हुन् । ‘यही विहीबारदेखि सिमटिभीको बक्स बुकिङ खुला गर्ने छौं,’ उनले भने, ‘२९ गते एक कार्यक्रमकाबीच डिजिटल केवलसेवाको शुरुवात गर्नेछौं ।’

सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले आज सिमटिभीको स्थलगत भ्रमण गरेका थिए । उनले सिमटिभीको प्रधान कार्यालय ललितपुरमै पुगेर स्थलगत भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले कम्पनीले ल्याउन लागेको डिजिटल केवल सेवाले इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयु)को मापदण्डमा जान सरकारलाई समेत सहयोग पुग्ने बताए । सरकारले गर्नुपर्ने कामलाई निजीक्षेत्रले गरेर एकदमै राम्रो गरेको समेत उनले जानकारी दिए ।

sim-tv-minendra-rijal

 

कम्पनीले बेलायतको भजिर्न आइल्याण्ड कम्पनीसँगको सहकार्यमा उक्त सेवा शुरु गर्न लागेको हो । जसमा विदेशी कम्पनीको ४९ प्रतिशत सेयर रहने छ भने नेपालीको ४९ प्रतिशत सेयर रहनेछ । जसमा जर्मनी, बेलायत र जापानको लगानी रहने प्रवन्ध निर्देशक पौडेलले जानकारी दिए । विदेशीले कम्पनीमा ८० प्रतिशत लगानी गर्न चाहेपनि नेपालको कानुनी व्यवस्थाले गर्दा समस्या परेको भन्दै उक्त जटिलता फुकाइदिन सञ्चारमन्त्री रिजाललाई आग्रह गरेका थिए ।

कम्पनीले शुरुमा १२ लाख सेटअप बक्स निशुल्क वितरण गर्न लागेको हो । तर, हालसम्म देशभर २५ लाख सेटअप बक्सको लागि सम्झौता भइसहेको पौडेलले जानकारी दिए । उक्त कार्यको लागि १२ अर्व रुपैयाँभन्दा बढी खर्च हुने उनले बताए ।
बिशेषगरी कम्पनीले देशका विभिन्न ४ स्थानमा आफ्नो शाखा राखेर सेवा प्रदान त्यसका लागि पूर्वमा इटहरी, पश्चिममा दाङ, र मध्यमा काठमाडौंमा हव स्टेशन समेत निर्माण भइसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले हाइ डिफिनेशन (एचडी) र स्टयाण्र्डड डिफिनेशन (एसडी) सेटअप बक्स बितरण्ँ गर्न लागेको हो । स्टयाण्र्डड बक्सको मुल्य ४ हजार र एचडीको मुल्य ६ हजार रुपैयाँ पर्ने छ । ‘हामीले दुवै खालका बक्स निशुल्क वितरण गर्नेछौं,’ उनले भने, ‘विभिन्न प्याकेजका साथ ल्याइएको सो योजना एउटै घरका ४ वटा टिभीमा प्रायोग गर्दा मासिक छुट समेत दिनेछौं ।’ उक्त सेटअप बक्स यूरोपियन स्टयाण्र्डड हुने भएकाले कृप्टोगार्डले सस्काइवरलाई कन्ट्रोल गर्नेछ ।

sim tv 1

ब्रिटिश भजिर्न आइल्याण्ड कम्पनीले विश्वका ४८ वटा देशमा सेटअप बक्स बिक्री गर्दै आइरहेको छ । जनु लगानीकर्ता नेपालमा आएको छ त्यसले गर्दा आफ्नो सेवालाई द्वुत रुपमा अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
आइल्याण्ड कम्पनीले २२ वर्षपछि मात्रै प्रतिफल खोजेको हुँदा अप्टिकल फाइबर र सेटअप बक्स पनि निशुल्क दिएको उनले जानकारी दिए । ‘जुन ठाउमा केवल पुगेको छैन त्यो ठाउँमा अप्टिकल फाइबर विछ्याइरहेका छौं,’ उनले भने, ‘जुन रकम हालको बजारमुल्य अनुसार एकदमै सस्तो हो ।’ साथै, एचडी च्यानलका लागि भने थपेको आधारमा मूल्य बढ्दै जानेछ । हाल भइरहेको केवल एनालक प्रविधिलाई विस्तापित गर्ने उद्देश्य अनुरुप सिमटिभीले डिजिटल बनाउन लागेको हो ।

डिजीटल प्रविधि कार्यान्वयनमा आएसँगै एनालक प्रविधिबाट भइरहेको राजस्व चुहावट समेत रोकिने पौडेल बताउँछन् । डिजीटल प्रविधिमा जाँदा कन्ट्रोल एक्सेस सिष्टम (क्यास)बाट सम्पूर्र्ण ग्राहकको तथ्यांक राख्न सकिने हुँदा राजस्व चुहावट पूरै घटेर जाने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL