Logo

भारत सरकारको ‘जीएसटी’ प्रणाली, नेपालमा कुन कुन सामानको मूल्य बढ्ला !

भारत सरकारको ‘जीएसटी’ प्रणाली, नेपालमा कुन कुन सामानको मूल्य बढ्ला !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारत सरकारले कर प्रणालीमा सुधार गर्दै मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स –जीएसटी) लागू गरेसँगै त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ ।

भारतले जुलाई १, २०१७ देखि देशभर लागू हुनेगरी एकिकृत कर प्रणाली लागू गरेको हो । जीएसटी लागू भएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा विद्यमान राज्य र संघीय कर व्यवस्था खारेजीमा परेको छ ।

भारत सरकारको सो व्यवस्थाले नेपालमा पनि असर पर्ने भएको छ । जीएसटी अनुसार नेपालमा आयात हुने केही  सामानको मूल्य बृद्धि हुने हुँदा त्यसको असर नेपालमा पर्ने देखिएको छ ।

भारत सरकारको सो व्यवस्थाले महङ्गा गाडी, स्मार्टफोन, ३ सय ५० सीसीभन्दा माथीका मोटरसाइलक, स्याम्पु, कफी, फ्रिज तथा १ हजार मूल्यभन्दा माथीका कपडाको मूल्य बढ्ने छ । नेपालमा ती सामानहरु भारबाटै आयात हुने भएकाले अबका दिनमा नेपाली बजारमा पनि मूल्य बृद्धि हुन सक्नेसम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

भारत सरकारले लगाएको जीएसटी प्रणालीका कारण नेपालमा सवारीसाधन, ग्याजेट्स, कपडा र सृङ्गारमा सामानमा बढी मूल्य बढ्ने एक व्यवसायीले बताए । जसले गर्दा त्यसको भाव पर्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

सो व्यवस्था लागू भएसँगै भारतमा पनीर, दही, घिउ, विस्कुट, चुइगंम, मसला, पाउडर, चकलेट, एयर कण्डिसनर, फ्रिज, वासिड.मेसिन तथा टेलिभिजनमा पनि मूल्य बढ्ने छ । जुन सामान नेपालमा भारतबाटै बढी आयात हुँदै आएको छ ।

यसैगरी फिटनेस उपकरण, चिसो पेयपदार्थ, चुरोट, रक्सी तथा विलासीतामा बस्तुहरुमा समेत त्यसको प्रभाव पर्ने छ । जीटीएससँगै सुनमा पनि मूल्य बढ्ने छ । यसअधि भारतीय बजारमा सुन महङ्गो भएका कारण नेपालबाट गैरकानुनी बाटो हुँदै भारत पुग्ने गरेको घटना पटक पटक बाहिर आएको थियो । जीएसटीसँगै भारतीय बजारमा सुन महङ्गो हुने र आगामी दिनमा नेपालबाट सुन तस्कर हुने क्रम अझै बढ्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

जीटीएस प्रणाली लागू भएसँगै आर्युवेदिक सामानमा पनि मूल्य बढ्ने  छ । यसले नेपालमा भित्र्ने रामदेवको आर्युवेदमा सामानहरुको पनि मूल्य बढ्ने सम्भावना छ ।

जीएसटी भारत भित्रको आन्तरिक कर समायोजन भएकाले निर्यातमा त्यसको भार नपर्ने नेपाल उद्योग बाणिज्य महासंघ उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ बताउँछन् । ‘मेरो जानकारीमा आएसम्म यो भारत सरकारको आन्तरिक कर समायोजन हो यसले निर्यातलाई कुनै असर गर्दैन,’ उनले भने, ‘नेपालले भारतबाट सामान आयात गर्ने भएकाले जीएसटीको ठूलो प्रभाव पर्ने छैन ।’ जीएटीले महङ्गा सवारीसाधनमा मात्र केही मूल्य बृद्धि भएको र साना तथा मध्यम खालका सवारीको मूल्यमा कुनै असर नगर्ने समेत उनको दाबी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL