Logo

महासंघ अध्यक्ष मुरारकाले थाले सहमतिको प्रयास, प्रधान भन्छन्, यो एउटा नाटक हो

महासंघ अध्यक्ष मुरारकाले थाले सहमतिको प्रयास, प्रधान भन्छन्, यो एउटा नाटक हो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि महासंघ अध्यक्ष पशुपति मुरारकाले सहमतिको प्रयास थालेका छन् । महासंघलाई एक ढिक्का बनाएर अघि बढाउन सहमतिको प्रयास गरिएको मुरारकाले जानकारी दिए ।

आगामी निर्वाचनका लागि दुबै पक्षले प्यानल सहित मनोनयन दर्ता गराइसकेको अवस्थामा मुरारकाले सहमतिको प्रयास थालेका हुन् । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष किशोर प्रधान र शेखर गोल्छाले आ–आफ्नो प्यानल तयार गरी निर्वाचनको अन्तिम तयारीमा जुटेका छन् । मुरारकाले मंगलबार शेखर गोल्छा समुहको उम्मेदवारी घोषणा कार्यक्रममै सहमतिका लागि सबै पक्षलाई आब्हान गरेका थिए ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान भने अध्यक्षले यो अवस्थामा आएर सहमतिको प्रयास खोज्नु नाटक सिवाय अरु केही नभएको बताए । ‘अध्यक्ष जस्तो व्यक्ति भएर कुनै एउटा प्यानलाई बोकेर खुलेआम घोषणा गर्दै हिड्ने अनि अहिले केका लागि सहमति ?,’ उनले भने, ‘यदि अध्यक्षले सहमति नै खोज्ने हो भने सम्मानित भएर तटस्थ बस्नु पथ्र्यो ।’

सहमतिका लागि अहिले १२ बजे महासंघमा दुबै पक्षबीच छलफल हुँदैछ । शेखर गोल्छा समुह महासंघ पुगिसकेका छन्् भने किशोर प्रधान समुह पनि जाँदैछन् । तर, आफुले जान इन्कार गर्दा पनि अध्यक्षले दशौं पटक फोन गरेर बोलाएकाले सहभागि हुन जान लागिएको प्रधान बताउँछन् । ‘अन्तिम घडीमा अएर सहमतिको भन्नै नै हुँदैन,’ उनले भने, ‘आफ्नो कार्यसमितिको अध्यक्षले बोलाएकाले उनको कुरा सुन्दिन जान लागेको हुँ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL