Logo

सरकारी ‘श्रम संसार पोर्टल’ संचालनमा, श्रम तथा रोजगार सेवा अब डिजिटल पहुँचमा

सरकारी ‘श्रम संसार पोर्टल’ संचालनमा, श्रम तथा रोजगार सेवा अब डिजिटल पहुँचमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको अवसरमा बिहीबार ‘श्रम संसार पोर्टल’को औपचारिक शुभारम्भ गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको यो डिजिटल प्रणालीले श्रम तथा रोजगारसम्बन्धी सेवा, सूचना र अवसरलाई एकीकृत रूपमा जनताको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको छ।

शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यो पोर्टल नागरिकको घरदैलोमै सेवा पुर्‍याउने माध्यम बन्ने विश्वास व्यक्त गरे। ‘अब श्रमिक, रोजगारदाता र रोजगार सेवा प्रदायकबीचको दुरी हट्दैछ,’ उनले भने, ‘यसले श्रम क्षेत्रलाई फेसलेस, प्रोसेसलेस र म्यानुपुलेसनलेस बनाउँदै डिजिटल युगअनुकूल सरल, पारदर्शी र उत्तरदायी बनाउनेछ।’

सरकारले निकट भविष्यमै श्रम संसार पोर्टललाई ‘नागरिक एप’सँग पनि एकीकृत गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले प्रविधिको माध्यमबाट श्रम क्षेत्रमा समावेशी सेवा र समान पहुँच सुनिश्चित गरिने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्