Logo

१० महिनामा साढे ८ हजार विद्युतीय गाडी आयात, २१ अर्ब खर्च हुँदा ९ अर्ब ३६ करोड राजस्व आम्दानी

१० महिनामा साढे ८ हजार विद्युतीय गाडी आयात, २१ अर्ब खर्च हुँदा ९ अर्ब ३६ करोड राजस्व आम्दानी



काठमाडौं । चालु आर्थिक बर्षको १० महिना (साउनदेखि बैशाखसम्म) नेपालमा झण्डै साढे ८ हजार विद्युतीय गाडी आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा नेपालमा २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरका ८ हजार ४ सय ९७ विद्युतीय कार, जिप, भ्यान आदि आयात भएका हुन् ।

laxmi

यसरी आयात गरिएका गाडीहरुबाट नेपालले यस अवधिमा ९ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ । यसरी आयात भएका गाडीमध्ये ५० किलोवाटसम्म क्षमता भएका ३ हजार ४ सय ७२ गाडी आयात भएका छ । यी गाडीहरु ६ अर्ब ५२ करोड रुपेयाँ खर्चेर ल्याईएका हुन् ।

यस्तै १३ अर्ब ८७ करोड रुपैयाँ बराबरका ४ हजार ८ सय ९६ ओटा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय गाडी यसै अवधिमा भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा कम २ सय १ देखि ३०० किलोवाट क्षमताका जम्मा २४ विद्युतीय गाडी आयात भएको देखिन्छ ।

यी २४ गाडीको मात्रै भन्सार मूल्य १७ करोड ६८ लाख रुपैयाँ खर्च भएको हो । यस्तै यसै अवधिमा १०१ देखि २०० किलोवाट क्षमताका १ सय ५ विद्युतीय गाडी आयात भएका छन् । यसमार्फत नेपालबाट ५१ करोड २४ लाख रुपेयाँ बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL