Logo

वित्तीय क्षेत्रको स्थायीत्वका लागि विश्व बैंकले १० अर्ब ६८ करोड ऋण दिने, बोर्डले गर्याे स्वीकृत

वित्तीय क्षेत्रको स्थायीत्वका लागि विश्व बैंकले १० अर्ब ६८ करोड ऋण दिने, बोर्डले गर्याे स्वीकृत



काठमाडौं । विश्व बैंकले नेपालका लागि ८० मिलियन डलर (१० अर्ब ६८ कराड बढी रुपैयाँ) बराबर ऋण सहयोग स्वीकृत गरेका छ । नेपालको वित्तीय क्षेत्रको स्थायीत्व, वित्तीय समाधानको विविधिकरण र वित्तीय पहुँच विस्तारका लागि भन्दै विश्व बैंकको बोर्ड अफ एक्जीक्युटिभले सोमबार उक्त ऋण स्वीकृत गरेको हो ।

laxmi

विश्व बैंकको विकास वृद्धिका लागि तेस्रो वित्तीय सहयोग नीतिले वित्तीय क्षेत्रलाई सहयोगसँगै यसको वृद्धिमा सहकार्य गर्ने गरको छ । यसले बैंकिङ, बीमालगायत क्षेत्रलाई आगामी दिनमा आईपर्ने समस्याबाट मुक्त हुन विशेष मद्धत गर्ने बताईएको छ । यसले डिजिटलाईजेशन, पूर्वाधार निर्माण, वित्तीय साक्षरतालगायतमा विशेष जोड दिने बताईएको छ ।

विश्व बैंकको यो परियोजनाले नेपालको हरित, लचिलो र समावेशी विकास तथा नेपालको अर्थतन्त्रमा सहयोग पुर्याउने निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने विश्व बैंक माल्दीभ्स, नेपाल र श्रीलंककाका लागि देशिय निर्देशक फरिस हदाद जर्भसले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL