Logo

सुनको मूल्यमा पुन : नयाँ रेकर्ड, ३ दिनमै तोलामा ३६ सय रुपैयाँ बढ्यो

सुनको मूल्यमा पुन : नयाँ रेकर्ड, ३ दिनमै तोलामा ३६ सय रुपैयाँ बढ्यो



काठमाडौं । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार (चैत २७ गते) छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

laxmi

यसअघि सोमबार (चैत २६ गते) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । त्यसिदन सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।  यसअघि आइतबार र सोमबार पनि सुनको भाउ क्रमशः प्रतितोला २९०० र ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कामय गरेको थियो ।   

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १६ सय ८५ रुपैयाँ कायम रहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३४४ डलर र चाँदी प्रतिऔंस २७.७८ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL