Logo

विरोध छाडेर संविधान निर्माणमा लाग्न माओवादीलाई निजी क्षेत्रको आग्रह, मोर्चामा छलफल गर्ने प्रचण्डको आश्वसन

विरोध छाडेर संविधान निर्माणमा लाग्न माओवादीलाई निजी क्षेत्रको आग्रह, मोर्चामा छलफल गर्ने प्रचण्डको आश्वसन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१२ पुस, काठमाडौं । नेपालको निजी क्षेत्रले एकीकृत नेकपा माओवादीलाई विरोधका कार्यक्रम फिर्ता लिएर संविधान निर्माणमा लाग्न आग्रह गरेको छ । निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले एनेकपा(माओवादी)सहितको मोर्चाले आव्हान गरेको सम्पूणर््ँ विरोधका कार्यक्रमहरु फिर्ता लिएर संविधान निर्माणमा लाग्न माओवादीलाई आग्रह गरेको हो ।
महासंघका अध्यÔ प्रदीपजंग पाण्डेको नेतृत्वमा गएको निजी क्षेत्रको प्रतिनिधिले शनिवार एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटी विरोध छाडेर संविधान लेखनमा लाग्न आग्रह गरेको हो ।
उक्त अवसरमा महासंघका अध्यÔ पाण्डेले महासंघले पुस ७ गते काठमाडौंमा प्रमुख राजनीतिक दलहरुको सहभागितामा आयोजना गरेको वहस कार्यक्रमको  जानकारी गराउंदै घोषित मितिमै संविधान जारी गरि मुलुकलाई संक्रमणबाट माथि उठाउन आग्रह गरे । ‘प्रमुख राजनीतिक दलहरु बीच घनिभुत छलफल गरि संविधानका विषयमा एउटा सहमतीमा पुग्न आवश्यक छ’ उनले भने ‘यसले मात्रै मुलुक विकासको आधार खडा गर्ने छ । अध्यक्ष पाण्डेले राजनीतिक दलहरुले समयमै संविधान दिनेमा निजी Ôेत्र विश्वस्त रहेको समेत वताउनु भयो ।
सो अवसरमा एनेकपा(माओवादी)का अध्यÔ प्रचण्डले निजी Ôेत्रको चासोलाई आफूले अत्यन्त गम्भीरता पूर्वक लिएको उल्लेख गर्दै निजी Ôेत्रको चासोलाई आङ्खनो दलीय मोर्चामा राख्ने विश्वास समेत दिलाए । उनले सहमतीमै संविधान ल्याउन प्रमुख दलहरुलाई दवाव दिने उदेश्यले विरोधका कार्यक्रम  घोषण्ाँ गरिएको जानकारी गराउ“दै पछिल्लो पटक दलहरु बीच विकसित सकारात्मक कदमबाट सहमती निर्माण्ँ हुने तर्फ आफूपनि आशावादी रहेको बताए ।
भेटमा महासंघको अनुशासन समितिका सभापति एवं पूर्व अध्यÔ रविभक्त श्रेष्ठ, महासंघ वरिष्ठ उपाध्यÔ पशुपति मुरारका, उपाध्यÔ दिनेश श्रेष्ठलगायतको पनि सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This