Logo

हाथवेले नेपाल रिको साढे ६ लाख कित्ता सेयर बिक्री गर्ने, नाफामा उच्च सुधार हुने

हाथवेले नेपाल रिको साढे ६ लाख कित्ता सेयर बिक्री गर्ने, नाफामा उच्च सुधार हुने



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीले नेपाल रि– इन्स्योरेन्सको सेयर बिक्री गर्ने भएको छ । हाथवेले नेपाल रिमा रहेको आफ्नो ६ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।

laxmi

कम्पनीले प्रतिकित्ता न्युनतम २ सय ८० कार दरले उक्त सेयर बोलकबोलमा राखेको छ । उक्त सेयर बिक्री बापत कम्पनीले २० करोड भन्दा बढी आम्दानी गर्नेछ ।

यससंगै कम्पनीको नाफामा उल्लेखिय सुधार हाउने कम्पनीले जनाएको छ । कम्पनीको सेयरमा फागुन २९ गतेदेखी चैत १२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त सेयरमा नेपाल रिका संस्थापक लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था रहेको हाथवे इन्भेष्टमेन्टले जानकारी दिएको छ । कम्पनीको सेयरमा ग्लोबल आइएमई क्यापिटल, नक्सालबाट आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL