Logo

पहिलेको ऋण तिर्न नयाँ ऋण लिँदै वायुसेवा निगम, अन्तरराष्ट्रिय आशयपत्र आह्वान

पहिलेको ऋण तिर्न नयाँ ऋण लिँदै वायुसेवा निगम, अन्तरराष्ट्रिय आशयपत्र आह्वान



काठमाडौं । नेपाल वायुसेवा निगमले १ खर्ब ३५ अर्ब सफ्ट लोन लिने भएको छ । यसअघि लिएको कर्जा तिर्न र अन्य नयाँ जहाज खरिद गर्नका भन्दै कम ब्याजदरमा उक्त सफ्ट लोन लिनेगरी अन्तरराष्ट्रिय आशयपत्र आह्वान गरेको छ ।

laxmi

यसअघि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदर भन्दा कम ब्याजदरमा ऋण लिन खोजेको हो । निगम सञ्चालक समितिका अध्यक्ष युबराज अधिकारीको अध्यक्षतामा गत जेठ ८ मा बसेको सञ्चालक समितिको बैठकले यसअघिको ब्याज खर्चको भार कम गर्ने उद्देश्यले लोन स्वाप गर्नको लागि नयाँ ऋण लिनुपर्ने भन्दै एक प्रतिवेदन पेश भएको थियो ।

उक्त प्रतिवेदन उपर निर्णय गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग आवश्यक समन्वय गरी प्राप्त निर्देशन अनुसार माघ ४ को निगम सञ्चालक समितिको निर्णय बमोजिम १३५ अर्ब सफ्ट लोन प्राप्तीका लागि गत मंगलबार अन्तराष्ट्रिय आशयपत्र आह्वान गरिएको थियो ।

यसरी प्राप्त हुने सफ्ट लोनमध्येबाट नेपाल सरकार तथा सम्बन्धीत निकायहरुकोे स्वीकृति लिई मौजुदा लोन स्वाप गरिने भएको छ । यस्तै निगमको १० बर्षे व्यवसायिक योजना अनुसार आन्तरिक तथा अन्तरराष्ट्रिय सेक्टरमा उडान भर्ने जहाजहरु खरिद गर्ने, अन्तरराष्ट्रिय स्तरको जहाज मर्मत सम्भार गर्ने ह्याङ्गर निर्माणका लागि लगानी गर्ने समेत योजना रहेको छ ।

उक्त सफ्ट लोन एकै पटक नभई निगमको ब्यवसायिक लगानीको आवश्यकता अनुसार पटक–पटक लिईने बताईएको छ । यसरी सफ्ट लोन प्राप्ती भएपश्चात् हाल निगमले बार्षिक रुपमा तिर्दै आएको करीव साढे तीन अर्व व्याज खर्चमा उल्लेख्य कटौती हुने र निगमको नाफा बृद्घिहुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL