Logo

५ महिनामै साढे ९ अर्बको ९ हजार ३ सय विद्युतीय सवारीसाधन भित्रियो, सरकारलाई सवा ४ अर्ब मात्रै राजस्व

५ महिनामै साढे ९ अर्बको ९ हजार ३ सय विद्युतीय सवारीसाधन भित्रियो, सरकारलाई सवा ४ अर्ब मात्रै राजस्व



काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ५ महिनामा नेपालमा ९ हजार ३ सय ३ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि मंसिर मसान्तसम्ममा नेपालले विभिन्न क्षमताका उक्त संख्यामा सवारीसाधन आयात गरेको हो । यसमार्फत नेपालले ५ महिनामा मात्रै ९ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । अर्थात नेपालले ९ हजार ३ सय ३ थान विद्युतीय सवारीसाधन खरिद गर्नका लागि उक्त पैसा विदेश पठाएको हो ।

laxmi

पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातलाई प्रोत्साहन गर्दा नेपालमा राजस्व संकलनमा दबाव सिर्जना भएको बहस चलिरहेको छ । तर, पनि चालु आवको ५ महिनामा आयात भएका उक्त विद्युतीय सवारीसाधनहरुबाट नेपालले ४ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बढी राजस्व संकलन गरिसकेको देखिएको छ ।

यस अवधिमा नेपालमा आएका विद्युतीय सवारीसाधनमध्ये संख्यात्मक हिसावले सबैभन्दा बढी विद्युतीय ३ पांग्रे सवारीसाधन आएका छन् । यस अवधिमा यस्ता सवारीसाधन मात्रै ४४ करोड ६३ लाख रुपैयाँ बराबरका ४ हजार ५ सय २४ थान आयात भएका हुन् । यस्तै यसै अवधिमा एसेम्बल नगरिएका विद्युतीय ३ पांग्रे सवारीसाधन पनि १३ करोड २९ लाख रुपैयाँ बराबरका १ हजार ९३ थान आयात भएका छन् ।

भन्सार विभागका अनुसार पछिल्लो ५ महिनामा ५ अर्ब ८१ करोड रुपैयाँ बराबरका २ हजार २८ थान ५१ देखि १ सय किलोवाट क्षमताका कार, २ अर्ब ९५ करोड रुपैयाँ बराबरको १ हजार ५ सय ९५ थान ५० किलोवाटसम्म क्षमता भएका कार आयात भएका छन् ।

यस्तै यसै अवधिमा २६ करोड २६ लाख रुपैयाँ बराबरको ५२ थान १ सय १ किलोवाटदेखि २ सय किलोवाट क्षमताका कार आयात हुँदा ७ करोड ७० लाख रुपैयाँ बराबरका ११ थान २ सय १ देखि ३ सय किलोवाट क्षमताका कार आयात भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL