Logo

एकैपटक तीन इन्टरनेट सेवाप्रदायकको लाईसेन्स खारेज, अनुमतिपत्र नविकरण नै गरेनन्

एकैपटक तीन इन्टरनेट सेवाप्रदायकको लाईसेन्स खारेज, अनुमतिपत्र नविकरण नै गरेनन्



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एकैपटक ३ इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र (लाईसेन्स) खारेज गरिदिएको छ । तोकिएको समयमा अनुमतिपत्र नविकरण नगरेपछि प्राधिकरणले युनाईटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरिदिएको हो ।

laxmi

प्राधिकरणबाट इन्टर्नेट (इ–मेल सहित)को दूरसंचार सेवा संचालन गर्न यी कम्पनीले यसअघि अनुमतिपत्र लिएका थिए । तर, अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नबिकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नविकरणको लागि निवेदन पेश नगरेकोले निजहरुको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ ।

साथै उक्त संस्थाहरुले नियमानुसार तिर्न–बुझाउन पर्ने रकम–दस्तुर तथा विवरणहरु यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी तिर्न–बुझाउन पनि प्राधिकरणले निर्देशन दिएको छ । यदि उक्त रकम नबुझाए प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने प्राधिकरणले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL