Logo

पुनः हालसम्मकै कमजोर बन्यो नेपाली मुद्रा, अर्थतन्त्रलाइ के प्रभाव पर्ला ?

पुनः हालसम्मकै कमजोर बन्यो नेपाली मुद्रा, अर्थतन्त्रलाइ के प्रभाव पर्ला ?



काठमाडौं । मंगलबार पुनः नेपाली मुद्रा डलरको तुलनामा कमजोर बनेको छ । यसअघि गएको मंसिर १५ गते नेपाली रुपैयाँको तुलनामा हालसम्मकै बलियो बनेको डलर आज पुनः सोही मूल्यमा पुगेको हो । मंसिर १५ गते १ डलर खरिद गर्नका लागि १ सय ३३ रुपैयाँ ७४ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो । आज पनि नेपालमा डलरको मूल्य सोही बराबर पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

खासगरी नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्राको अवमुल्यन हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पर्छ । पछिल्लो समय भारतीय मुद्रा डलरको तुलनामा लगातार कमजोर हुँदा नै यसको असर नेपाली मुद्रामा परेको देखिन्छ ।

नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको देशका लागि डलरको मुल्य बढ्नुको प्रत्यक्ष असर वस्तुको मुल्यमा पर्ने बिषय विज्ञहरु बताउँछन् । नेपालले बढी पैसा खर्च गरेर डलर खरिद गर्ने र सोही डलरले विदेशी वस्तु खरिद गरेर उपभोग गर्ने अवस्था छ । यसले विभिन्न वस्तुको मुल्य बढेसँगै ढुवानी खर्च, करलगायतमा पनि वृद्धि गरिदिन्छ । तसर्थ डलरको मुल्य बढ्नुको प्रत्यक्ष सम्बन्ध उपभोक्ताको खल्तिसँग हुन्छ ।

तर, विदेशमा गई डलर आर्जन गरी नेपालमा पठाउनेहरुलाई भने यसले फाईदा पुर्याउँछ । उनीहरुले कम डलर पठाएर धेरै नेपाली पैसा पाउने भएपछि फाईदा हुने राष्ट्र बैंकको एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL