Logo

लाइसेन्स छाप्ने मास प्रिन्टरको टेण्डर रद्ध, एक बर्ष वित्दा पनि भेटिएनन् योग्य कम्पनी

लाइसेन्स छाप्ने मास प्रिन्टरको टेण्डर रद्ध, एक बर्ष वित्दा पनि भेटिएनन् योग्य कम्पनी



काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र छाप्ने मेसिन (मास प्रिन्टर) ल्याउने ग्लोबल टेण्डर रद्ध गरेको छ । तोकिएको स्पेसिफिकेसनमा कुनै कम्पनीको पनि आवेदन नपरेपछि यसको टेण्डर नै रद्ध गरिएको विभागले जानकारी दिएको छ ।

laxmi

विभागले पछिल्लो पटक गएको चैत ८ गते संशोधनसहित मास प्रिन्टर खरिदका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डरमा विश्वका ४ कम्पनीले आवेदन दिएपनि तोकिएको स्पेसीफिकेसन अनुसार मेसिन कुनैले पनि उपलब्ध गराउन नसक्ने भएपछि टेण्डर नै रद्ध गरिएको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए ।

उनका अनुसार नेपालको खरिद कानुन र अप्ठ्यारो स्पेसीफिकेसनका कारण कुनै पनि कम्पनी अयोग्य भईरहेका छन् ।
यसअघि विभागले गत बर्ष साउनमै यसको टेण्डर आह्वान गरेको थियो । विभागले टेण्डरमा कम्पनीको आवेदन कम पर्ने र अप्ठ्यारे स्पेसीफिकेसन भएको भन्दै ३ पटकसम्म टेण्डर संशोधनसमेत गरेको थियो । तर पनि भनेबमोजिम स्मार्ट प्रिन्टर ल्याउने कम्पनी नभेटिएको विभागको बुझाई छ ।

हाल विभागमा एउटा मास प्रिन्टर छ । त्यसले दैनिक ४ हजारदेखि ४५ सय ओटासम्म स्मार्ट लाईसेन्स प्रिन्ट गर्दै आएको छ । तर, विभागमा स्मार्ट लाईसेन्सको माग भने दैनिक ९ हजारसम्म पुग्ने गरेको छ । यहि ग्यापलाई पुर्ति गर्न विभागले थप एक मास प्रिन्टर ल्याउने गरी बोलपत्र आह्वान गरेको थियो । विभागका अनुसार आव चाँडै पुनः बोलपत्र आह्वान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL