Logo

Global_Ime

स्थानीय सेवा र उत्पादनको प्रर्वद्धनमा सघाउन प्रदेश तथा स्थानीय सरकारसँग महासंघ अध्यक्ष ढकालको आग्रह

स्थानीय सेवा र उत्पादनको प्रर्वद्धनमा सघाउन प्रदेश तथा स्थानीय सरकारसँग महासंघ अध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सेवा तथा उत्पादनको प्रवर्द्धनका लागि लगानीकर्ताहरु तयार रहेकोले सहजीकरण गर्न प्रदेश तथा स्थानीय सरकारहरुलाई आग्रह गरेका छन् । पाल्पाको तानसेनमा आज पाल्पा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीय सेवा तथा उत्पादनका क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार र स्थानीय सरकारहरुबाट नीतिगत सहजीकरण हुनुपर्ने बताएका हुन् ।

laxmi bank orange saving
NABIL

पाल्पाको वसन्तपुरमा केबलकार सहितको रिसोर्ट केही हप्तामै सन्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिँदै अन्य पर्यटकीय पूर्वाधारमा समेत लगानीका लागि लगानीकर्ताहरु इच्छुक रहेको भन्दै अध्यक्ष ढकालले नगर तथा जिल्ला उद्योग वाणिज्य संघ र स्थानीय सरकारको समन्वयका लागि समेत आग्रह गरे ।

सोहि अवसरमा अध्यक्ष ढकालले महासंघले पाँच वटा प्राथमिकता अघि सारेको उल्लेख गर्दै यसबाट अर्थतन्त्रको विकास तथा उद्यमी व्यवसायीको मनोवल उच्च बनाउन सहयोग पुग्ने पनि उल्लेख गरेका छन् । अर्थतन्त्रमा देखिएको संकटको समाधानको रणनीति बनाउन नेपाल सरकार, राष्ट्र बैंक तथा अन्य नियामक निकायहरुसँग महासंघले नजिकबाट सहकार्य गरिरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

यसैगरी, आन्तरिक वा विदेशी लगानी प्रर्वद्धनमा सरकारले वातावरण बनाउनु पर्नेमा पनि अध्यक्ष ढकालले जोड दिए । सरकार र निजी क्षेत्रले एक अर्कालाई आक्षेप लगाउने भन्दा लगानीको वातावरण बनाउन एक अर्कामा विश्वासको वातावरण बनाएर साझेदारी गर्ने कुरालाई महासंघले प्राथमिकतामा राखेको अध्यक्ष ढकालले बताए ।

‘दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ उठाएको अध्यक्ष ढकालले बताउनुभयो । हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने ५ लाख भन्दा बढी युवाहरुलाई आन्तरिक र बाह्य रोजगारीमा जानु अघि दक्ष बनाउन जरुरी छ’ अध्यक्ष ढकालले भने, ‘यसले हाम्रा उद्योगमा रहेको दक्ष जनशक्तिको अभाव पुरा गर्नेछ भने वैदेशिक रोजगारीमा दक्ष जनशक्ति जाँदा उनिहरुको आम्दानी पनि धेरै गुणा बढाउन सकिन्छ ।’

अध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउने विषयलाई पनि महासंघले महत्वका साथ उठाएको बताए । अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढि योगदान रहेको निजी क्षेत्रको मनोबल बढाउने गरी प्रोटोकल निर्धारणमा सरकारको सहयोग हुनेमा विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Everest
citizens_bank
ntc