Logo

आज ६८औँ वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक, मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धता

आज ६८औँ वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक, मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धता



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै छ । १४ वैशाख २०१३ मा राष्ट्र बैंक स्थापना भएको थियो ।

laxmi

६८औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास एवं सुरक्षित, सक्षम भुक्तानी प्रणालीको सवलीकरणका लागि आवश्यक मौद्रिक नीति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउन समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL