Logo

एकल विन्दु सेवा केन्द्र संचालनमा आएको ३ बर्षमा पनि कार्यान्वयन भएन, उद्योग दर्ता गर्न झन्झट कायमै

एकल विन्दु सेवा केन्द्र संचालनमा आएको ३ बर्षमा पनि कार्यान्वयन भएन, उद्योग दर्ता गर्न झन्झट कायमै



काठमाडौं । उद्योग दर्ता तथा नविकरण सहजीकरणका लागि भन्दै संचालनमा आएको एकल विन्दु सेवा केन्द्र प्रभावकारी नभएको पाईएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार एकल विन्दु सेवाकेन्द्र संचालनमा आएपनि यसको उद्देश्य अनुरुप काम नभएको देखिएको हो ।

laxmi

संगठन संरचना अनुसार क्षेत्रगत रुपमा पुर्ण रुपमा अटोमेशनमा लैजान आवश्यक सफ्टवेयर विकास, डकुमेन्ट डिजिटाईजेशन कार्य अझै सम्पन्न हुन नसकी सेवा प्रवाह प्रभावकारी हुन नसकेको महालेखाको ठहर छ । लक्ष्अनुसार सेवा प्रभावकारी हुनेगरी सुधार गर्नुपर्ने महालोको प्रतिवेदनमा उल्लेख छ । औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ३५ मा औद्योगिक दर्ता, उद्योग नविकरणलगायतका कार्य सहजीकरणका लागि एकल विन्दु सेवा केन्द्र संचालनमा ल्याउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL