Logo

सिलिकन भ्याली बैंक डुब्दा १० हजार स्टार्टअप र एक लाख रोजगारी खतरामा, अमेरिकी सरकारले हात उठायो

सिलिकन भ्याली बैंक डुब्दा १० हजार स्टार्टअप र एक लाख रोजगारी खतरामा, अमेरिकी सरकारले हात उठायो



काठमाडौं । टेक्नोलोजी स्टार्टअपहरूमा लगानी गर्ने अमेरिकी कम्पनी वाई कम्बिनेटरका प्रमुख ग्यारी ट्यानले सिलिकन भ्याली बैंक (एसभीबी) टाट पल्टिदा ठूलो संकट आएको दावी गरेका छन् । अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेन र अन्य प्रशासकहरूलाई लेखेको पत्रमा उनले बैंक टाट पल्टिदा एक लाखभन्दा बढीको रोजगारीमा संकट उत्पन्न भएको उल्लेख गरेका छन् ।

साथै, यसले १०,००० भन्दा बढी स्टार्टअपहरूमा नराम्रो प्रभाव पार्न सक्छ । वाई कम्बिनेटरले भारतका कम्तिमा २०० स्टार्टअपहरूमा लगानी गरेको बताएको छ । ५६ हजारभन्दा बढी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने १२०० भन्दा बढी सिइओ र संस्थापकहरूले वाई कम्बिनेटरका सिइओ ग्यारी ट्यानले राष्ट्रपतिलाई स्टार्टअपहरू र लाखौं रोजगारीहरू बचत गर्न आह्वान गरेको पत्रमा हस्ताक्षर गरेका छन् ।

एसभीबीसँग ३७,००० भन्दा बढी साना व्यवसायहरूको खाता छन्

नेशनल भेन्चर क्यापिटल एसोसिएसन (एनभीसिए) को तथ्याङ्कअनुसार सिलिकन भ्याली बैंकसँग ३७,००० भन्दा बढी साना व्यवसायका खाताहरू छन् । जसमा २५०,००० डलर रकमभन्दा बढीका निक्षेपहरू पनि छन् । चिठ्ठीमा लेखिएको छ कि बैंक टाट पल्टिएपछि यो बाँकी रकम लामो समयसम्म नआउने डर छ । वाइ कम्बिनेटर समुदायका एक तिहाइ स्टार्टअपहरू जसले एसभीबीसँग सम्पर्क राखेका छन् उनीहरूले आफ्नो खाता यस बैंकमा मात्र राख्ने गर्थे । रकम झिक्न नसक्दा तलब तिर्न नसक्दा संकटले हजारभन्दा बढी साना व्यवसायी र स्टार्टअपलाई असर पर्नेछ । एउटा सानो स्टार्टअपले १० जनालाई पनि रोजगारी दिन्छ भने १० हजारको आधारमा एक लाखको रोजगारीमा प्रत्यक्ष खतरा हुन्छ ।

अमेरिकी सरकार टाढियो

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले आइतवार सरकारले सिलिकन भ्याली बैंकलाई कुनै राहत नदिने बताएकी छन् । तर, आफ्नो पैसाको चिन्तामा परेका निक्षेपकर्तालाई सरकारले सहयोग गर्ने प्रयास गरिरहेको उनले बताइन । फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले २,५०,००० सम्मको निक्षेपहरू बीमा गर्छ । तर, धेरै कम्पनीहरू र धनी व्यक्तिहरूको बैंक खाताहरूमा बढी रकम छ ।

यस्तो अवस्थामा देशभरका कतिपय कामदारले तलब नपाउने डर छ । येलेनले करिब १५ वर्षअघि उद्योग जोगाउन बैंक बेलआउट दिँदाको आर्थिक संकटभन्दा अहिलेको अवस्था निकै फरक रहेको बताइन् । ‘अमेरिकी बैंकिङ प्रणाली वास्तवमा धेरै सुरक्षित र राम्रो पूँजीकरण भएको छ,’ उनले भने । यो लचिलो छ ।’

भारतमा सरकारको सतर्कता

एसभीबी को पतन पछि, भारतीय स्टार्टअप इकोसिस्टम को चिन्ता बढेको छ । केन्द्रीय इलेक्ट्रोनिक्स र आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरले स्टार्टअपका संस्थापकहरू र सीईओहरूसँग अर्को हप्ता बैठक गर्नेछन् । उनले आइतवार सरकारले उनीहरूलाई संकटको समयमा मद्दत गर्न के गर्न सक्छ भन्नेबारे छलफल गर्ने बताएका छन् । चन्द्रशेखरले एसभीबी बन्द हुँदा विश्वभरका स्टार्टअपहरूका लागि निश्चित रूपमा समस्या हुने बताए ।

एसभीसी बैंकका ग्राहकहरु चिन्तामा

एसभीबी संकटको बीचमा, ११५ वर्ष पुरानो मुम्बई–आधारित एसभसिी बैंकका ग्राहकहरू चिन्तित भएका छन् । एसभीसी बैंक पहिले शामराव विठ्ठल सहकारी बैंक भनेर चिनिन्थ्यो । ग्राहकहरू आफ्नो निक्षेपको स्थिति र सुरक्षाबारे जान्न पुग्छन् । आफ्ना ग्राहकहरूको चिन्तालाई कम गर्ने आशा गर्दै, एसभीसी बैंकले अमेरिकाको एसभीबीसँग कुनै सम्बद्धता नभएको स्पष्ट गर्दै विज्ञप्ति जारी गरेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL