Logo

पहिलो पब्लिक रेमिटेन्स कम्पनी बन्यो आइएमई, आइपीओमा लैजाने प्रस्तावसहित २२ औँ साधारण सभा सम्पन्न

पहिलो पब्लिक रेमिटेन्स कम्पनी बन्यो आइएमई, आइपीओमा लैजाने प्रस्तावसहित २२ औँ साधारण सभा सम्पन्न



काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार काठमाडौंमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यो सँगै आइएमईआई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनी भएको छ ।

साधारण सभामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गर्नुभयो । उनले आम सेवाग्राहीबीच आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए ।

साधारणसभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवम् आइएमईका संचालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए ।

अव नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शीघ्र आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए ।
यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडी बढ्नेछ ।

रेमिटेन्स समाधान प्रदायकहरू मध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । आइएमईले विश्वभर विश्व–स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ । आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL