Logo

मर्जर सम्झौतामा हस्ताक्षर भएसँगै नेप्सेमा कुमारी र एनसीसी बैंकको सेयर कारोबार रोक्का

मर्जर सम्झौतामा हस्ताक्षर भएसँगै नेप्सेमा कुमारी र एनसीसी बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी बैंक र एनसीसी बैंकको सेयर कारोबार रोक्का भएको छ । सोमबार दुई बैंकबीच मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएसँगै नेप्सेमा कारोबार रोक्का भएको हो।

सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसीको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले हस्ताक्षर गरेका छन्। दुई बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम कुमारी बैंक रहने छ । त्यस्तै, मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने छन्। अर्याल हाल एनसीसीका सीइओ छन्।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL