Logo

डलरको मूल्य हालसम्मकै उच्च, एक डलर किन्न १२९.६८ रुपैयाँ खर्च लाग्ने

डलरको मूल्य हालसम्मकै उच्च, एक डलर किन्न १२९.६८ रुपैयाँ खर्च लाग्ने



काठमाडौं । पछिल्लो समय विश्व बजार प्रवृत्ति र अमेरिकी फेडरल रिजर्भ बैंकको ब्याजदर वृद्धिका कारण डलर बलियो बनिरहँदा विश्वभरका धेरै मुद्राहरु कमजोर हुँदै गएका छन् । नेपाली मुद्रा पनि शुक्रबार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । बुधबार नेपाली बजारमा डलरको मूल्य १ सय २९.६८ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

laxmi

अर्थात एक डलर खरिद गर्नका लागि अब १ सय २९ रुपैयाँ ६८ पैसा आवश्यक पर्ने भएको हो । नेपालजस्तो आयातमा निर्भर देशका लागि डलरको मूल्य बढ्नुको प्रत्यक्ष असर वस्तुको मूल्यमा पर्ने बिषय विज्ञहरु बताउँछन् । नेपालले बढी पैसा खर्च गरेर डलर खरिद गर्ने र सोही डलरले विदेशी वस्तु खरिद गरेर उपभोग गर्ने अवस्था छ ।

यसले विभिन्न वस्तुको मूल्य बढेसँगै ढुवानी खर्च, करलगायतमा पनि वृद्धि गरिदिन्छ । तसर्थ डलरको मूल्य बढ्नुको प्रत्यक्ष सम्बन्ध उपभोक्ताको खल्तिसँग हुन्छ ।

तर, विदेशमा गई डलर आर्जन गरी नेपालमा पठाउनेहरुलाई भने यसले फाईदा पुर्याउँछ । उनीहरुले कम डलर पठाएर धेरै नेपाली पैसा पाउने भएपछि फाईदा हुने राष्ट्र बैंकको एक अधिकारीले बताए ।

नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्राको अवमूल्यन हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पर्छ । पछिल्लो समय नेपालको आयात व्यापार उच्च भई व्यापारघाटाको खाडल बढ्नुमा पनि डलर मूल्यको प्रत्यक्ष सम्बन्ध रहन्छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षभरी भएको आयातित वस्तुको तुलनामा मूल्य उच्च हुँदा आयात बढीजस्तो देदिएको हो । तर, वस्तुको खपतमा भने खासै ठुलो परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL