Logo

डिजेलको मूल्य १५ प्रतिशतले घट्दा गाडीभाडा ७ प्रतिशतले घट्यो, यस्तो छ नयाँ भाडादर

डिजेलको मूल्य १५ प्रतिशतले घट्दा गाडीभाडा ७ प्रतिशतले घट्यो, यस्तो छ नयाँ भाडादर



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै लामो दुरीका सार्वजनिक सवारीसाधनको भाडा पनि घटाएको छ । यातायात व्यवस्था विभागले आईतबार एक सूचना जारी गर्दै अन्तरप्रदेश चल्ने यात्रुबाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।

विभागका अनुसार आईतबार रातिदेखि लागु हुनेगरी डिजेलको मूल्य १ सय ९२ रुपैयाँबाट घटेर १ सय ६३ रुपैयाँ प्रतिलिटर पुगेपछि गाडी भाडा पनि घटाईएको हो । यसअघि डिजेलको मूल्य प्रतिलिटर १ सय ९५ रुपैयाँ थियो । शनिबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २१ र २९ रुपैयाँले घटाएको थियो ।

जसअनुसार डिजेलको मूल्य साविकको तुलनामा १५.१० प्रतिशतले घटेको हो । सार्वजनिक सवारीसाधनको भाडा स्वचालित मूल्य समायोजन प्रणालीअनुसार घटबढ हुने गरेको छ । उक्त प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएको खण्डमा सार्वजनिक सवारीसाधनको भाडा पनि सोही अनुसार समायोजन हुने व्यवस्था छ ।

यससँगै आजैदेखि लागु हुनेगरी यात्रुवाहक सवारीसाधनको हालको भाडादरमा ५.४१ प्रतिशतले घटेको छ भने पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर ६.९७ प्रतिशतले घटेको छ । यस्तै तराईको बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडा साविकको भाडादरमा ७.६८ प्रतिशतले घटाईएको छ ।

यस्तो छ नयाँ भाडादर

प्रतिक्रिया दिनुहोस्
MBL