Logo

विज्ञापनमा ठूलो देखाएर सानो बर्गर दिएको भन्दै म्याकडोनाल्ड र विन्डिजविरुद्ध मुद्दा, ६ अर्ब क्षतिपूर्ति तिर्नुपर्ने

विज्ञापनमा ठूलो देखाएर सानो बर्गर दिएको भन्दै म्याकडोनाल्ड र विन्डिजविरुद्ध मुद्दा, ६ अर्ब क्षतिपूर्ति तिर्नुपर्ने



काठमाडौं । विश्वकै सबैभन्दा धेरै बर्गर बिक्रेताका रुपमा रहेका म्याकडोनाल्ड्स र विन्डीज समस्यामा परेका छन् । अमेरिकामा न्युयोर्कका एक व्यक्तिले यी कम्पनीहरूले भ्रामक विज्ञापन देखाएको आरोप लगाउँदै करोडौं डलर क्षतिपूर्ति मागेका छन् । यी कम्पनीको विज्ञापनमा बर्गरको साइज मौलिक साइजभन्दा निकै ठूलो भएको उनको तर्क छ । यो ग्राहकसंग पूर्ण ठगी भएको भन्दै यी दुई कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । ठगीमा परेका ग्राहकलाई ५० लाख डलर अर्थात करिब रु ६ अर्ब रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ । सन् २०१० मा बेलायतमा बर्गर किङका यस्ता विज्ञापनमा प्रतिबन्ध लगाइएको थियो ।

laxmi

बीबीसीको रिपोर्टका अनुसार म्याकडोनाल्ड्स र विन्डीजविरुद्ध दायर गरिएको मुद्दामा विज्ञापनमा देखाइएको बर्गर मूल साइजभन्दा कम्तीमा १५ प्रतिशत ठूलो रहेको उल्लेख गरिएको छ । सामाजिक सञ्जालमा पनि यसबारे धेरै प्रतिक्रिया आइरहेका छन् । एक युट्युब समीक्षकले Wendy’s Bourbon Bacon Cheeseburger को बारेमा यो तस्विरमा जस्तो ठूलो नभएको बताएका छन् । अर्का समीक्षकले भने, ‘यो एकदमै सानो बर्गर हो । म जस्तो निराश अरु नहुन भने म यो भन्दैछु ।’

विज्ञहरु के भन्छन्

यद्यपि युनिभर्सिटी अफ बफेलोका कानून विषयका प्रोफेसर मार्क बार्थोलोम्यूले भनेका छन् कि यस प्रकारको तर्क अमेरिकी अदालतमा केस जित्नका लागि पर्याप्त हुादैन् । उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा ग्राहकको साथमा धोखा भएको छैन र यी कम्पनीका विज्ञापनबाट ग्राहकको निर्णय लिन सक्ने क्षमता छैन । यो साबित गर्न कठिन हुनेछ । यस्तै फास्ट फूड कम्पनीले यो तर्क गर्न सक्छा कि विज्ञापनमा केही बढाइचढाइ गरिन्छ र यसबारे पब्लिक जानकार रहेका छन् ।’

बर्गर किंगविरुद्ध मार्चमा पनि यस्तै मुद्दा दायर गरिएको थियो । बर्गर किङले अझै अदालतमा जवाफ दिएको छैन् । तर उविरुद्ध उजुरी गर्नेको सूची भने लामो हुँदै गएको छ । यी गुनासोमा बर्गर कम्पनीको विज्ञापन भ्रमपूर्ण र ग्राहकलाई नोक्सान पु¥याउने गरेको उल्लेख छ । विज्ञापनमा बर्गरको साइजभन्दा सानो बर्गर ग्राहकलाई दिइने गरेका आरोप छ ।

बेलायतले प्रतिबन्ध लगायो

बर्गर किङको विज्ञापनलाई सन् २०१० मा बेलायतमा प्रतिबन्ध लगाइएको थियो । कम्पनीले बेच्ने चिकेन स्यान्डविच विज्ञापनको तुलनामा निकै सानो भएको एक व्यक्तिको गुनासो थियो । युनिभर्सिटी अफ नर्थ क्यारोलिना–चेपल हिलका कानूनका प्राध्यापक डेबोराह गेरहर्टले भने कि अमेरिकामा यस्ता घटनाहरू दुर्लभ छन् । देशमा विज्ञापनसम्बन्धी विवादहरू आपसमा भेटेर समाधान गरिन्छ । उनले भने, ‘धेरै मुद्दा त बाहिर पनि आउँदैनन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL