Logo

संचालनमा आयो ‘जिओ फ्लाईट’ : मोबाईलबाटै सबै सुविधा लिन सकिने, सहज र सस्तोमा हवाई टिकट पाईने

संचालनमा आयो ‘जिओ फ्लाईट’ : मोबाईलबाटै सबै सुविधा लिन सकिने, सहज र सस्तोमा हवाई टिकट पाईने



काठमाडौं । उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप ‘जिओ फ्लाईट’ संचालनमा आएको छ । जोय ग्रूपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट सहितको भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्य अनुरुप उक्त अनलाईन प्लेटफर्म संचालनमा ल्याएको हो ।

जोय ग्रूपले संचालनमा ल्याएको जिओ फ्लाईटलाई हाल एन्ड्रोइड र आईओएस गरी दुबै भर्सनमा मोबाइलमा डाउनलोड गर्न सकिनेछ । यसैगरी वेवसाईट www.jioflight.com मार्फत पनि उक्त कम्पनीको सम्पूर्ण सेवा सुविधा लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
अहिलेको प्रबिधिको युगमा उपभोक्ताहरुलाई एउटै प्लेटर्फमबाट हवाई टिकटदेखि विभिन्न खालमा भ्रमण प्याकेजहरु उपलब्ध गराउने उद्देश्य अनुरुप जिओ फ्लाईट संचालनमा ल्याइएको जिओ फ्लाईटका प्रबन्ध निर्देशक रमेश पौडेलले जानकारी दिए ।

‘अहिले धेरैजसो प्लेटफर्मबाट हवाई टिकट मात्रै लिन सकिने सुविधा छ भने सो विषयमा थप जानकारी लिन सम्बन्धित कम्पनीका सम्पर्क व्यक्तिलाई सोधिरहनु पर्ने अवस्था छ,’ पौडेलले भने, ‘तर हामीले संचालनमा ल्याएको उक्त प्लेटफर्मबाट सबै विषय एपबाटै बुझ्न सकिने छ जसले अप्रेटर र उपभोक्ताबीचको ग्याप हटाउनेछ ।’

साथै जिओ फ्लाईटबाट हवाई टिकट खरिद गर्दा अन्य प्लेटर्फमबाट भन्दा सस्तो हुने समेत उनले जनकारी दिए । आन्तरिक तथा बाह्य दुबै खालका हवाई टिकट खरिद गर्न सकिने उक्त प्लेटफर्ममार्फत धार्मिक एवं व्यवसायीक भ्रमणको प्याकेज समेत उपलब्ध गराईनेछ । अनलाईनमार्फत जुनसुकै स्थानबाट समेत हवाई टिकट खरिदका साथै भ्रमण प्याकेज लिन सकिने उक्त प्लेटर्फममार्फत नयाँ व्यवसाय सुरुवात तथा सो सम्बन्धी व्यवस्थापनको समेत जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्